भोलि बिहिबार देखि एस एल सी परिक्षा सुरु हुने म्याग्दीमा सम्पु्र्ण तयारी पुरा

March 24, 2010

बिहीबारदेखि सुरु हुन लागेको यस वर्षो प्रवेशिका परिक्षाको लागि म्याग्दीमा सम्पुर्ण तयारी पूरा भएको खबर म्याग्दी न्युजले जनाएको  छ । जिल्ला शिक्षा कार्यालय, म्याग्दीले केन्द्राध्यक्ष नियुक्ती भइसकेका जनाएको छ । प्रकाश उच्च माविमा डिलबहादुर बानीया, बेनी सामुदायीक माविमा त्रिबीक्रम सुवेदी, वेष्ट प्वाईन्ट उच्च माविमा भद्रबहादुर र्घर्ती क्षेत्री, मुक्तिमार्ग उच्च मावि घारामा जयराम सुवेदी केन्द्राध्यक्षमा नियुत्त हुनुभएको छ ।
त्यसैगरी जनप्रिय उच्च मावि दरबाङमा केशवप्रसाद रेग्मी, धौलागिरि मावि सिङ्गामा जगतकुमार सापकोटा, हेम उच्च मावि शिवाङमा बालकृष्ण उपाध्याय, मुक्तिधाम उच्च मावि राखु भगवतीमा डण्डपानी सापकोटा र मंगला उच्च माविमा बालकुमार रोकालाई केन्द्राध्यक्षमा नियुक्त गरि परिक्षाको तयारी सुरु गरिएको कार्यालयले जनाएको छ ।
प्रवेशिका परिक्षामा म्याग्दी जिल्लाबाट दर्ुइ हजार ७६ जना विद्यार्थी सहभागी हुने भएका छन् । प्रवेशीका परिक्षा विद्यार्थी जीवनको फलामे ढोका मानिन्छ । शिक्षा कार्यालयका अनुसार परिक्षामा नियमित तर्फ१ हजार ७ सय ५६ र एक्जाम्टेड तर्फ३ सय २० जना विद्यार्थीहरु सहभागी हुने जनाएको छ । यसवर्षधौलागिरि मावि र हेम उच्च मावि परिक्षा केन्द्र थपिएका हुन । नयाँ केन्द्रमा क्रमश १ सय ५६ र १ सय ९६ जना परिक्षार्थी सहभागी हुदै छन ।
त्यस्तैगरी मुक्तिधाम उच्च मावि राखुँमा १ सय ५५, मुक्तिमार्ग उच्च मावि घारमा १ सय ७२, जनप्रिय उच्च मावि दरवाङमा १ सय ८६, मंगला उच्च मावि वावियाचौरमा २ सय, प्रकाश उच्च मावि वेनीमा २ सय ७३, न्यु वेष्ट प्वाईन्ट कलेजमा १ सय ८२ र वेनी सामुदायिक मावि वेनीमा २ सय ३६ परिक्षार्थीहरु सहभागी हुँदै छन् । (म्याग्दी न्युज)

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP