माङओलसानको हलमा जुन महिनाको ६ तारिख आईतबार म्याग्दी कपको आयोजना हुने

March 20, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गर्न लागेको प्रतिस्प्रर्धात्मक भलिबल खेल म्याग्दी कपको मितिमा फेरबदल हुन आएको छ । आठौं कार्य समितिको पहिलो बैठकले मे महिनाको ३० तारिख आईतबारको दिनमा आयोजना गर्ने निर्णय गरेतापनि उक्त मितिमा हलको ब्यबस्था हुन नसके पछि एक हप्ता पश्चात अर्थात जुन ६ तारिख आईतबारको लागि निश्चित भएको छ ।  आगामी अप्रिल ४ तारिख आईतबार सम्ममा कार्यकर्मको लागि चिठीपत्र लगायत भाग्यशाली चिठ्ठाको टिकटको सम्पुर्ण तयारी गरि बिक्री बितरण गरिने जानाकारी प्राप्त भएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP