नक्कली परीक्षार्थी र चिट चोराउने गार्ड पक्राउ

March 26, 2010

एसएलसी परीक्षामा चिट चोर्न लगाउने गार्ड र नक्कली परीक्षार्थी गरी १० जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। प्रक्राउ पर्नेमा पशुपति आदर्श मावि परीक्षा केन्द्रबाट ६ जना तथा लहानस्थित एपोलो अङ्ग्रेजी माविबाट २ र कुशबाह मावि लहानबाट २ जना छन्।
पक्राउ पर्नेमा सिरहा देवीपुर २ का राबाबु सिंह, फूलकाहाकट्टी १ का अमितकुमार मण्डल, बस्तीपुर १ का महेशकुमार यादव, इटहर्बा ४ का केदानाथ यादव, लक्ष्मीपुर पतारी ९ का मदनकुमार सिंह, महदेवा पोर्ताहा ९ का लोकेन्द्र चौधरी, लालपुर १ का पृथ्वी सुनार, सीतापुर ८ का राजकुमार राम, लहान ५ का कामेश्वर चौधरी र विष्णुपुरकट्टी ६ का रमेश यादव छन्।
रामबाबु , अमित, महेश, केदारनाथ, मदन, राजकुमार पशुपति आदर्श मावि परीक्षा केन्द्रबाट पक्राउ परेका हुन् भने लोकेन्द्र र पृथ्वी लहानस्थित एपोलो अङ्ग्रेजी मावि परीक्षा केन्द्रबाट अनि रमेश र कामेश्वर लक्ष्मण ललिता कुशवाहा मावि लहानबाट पक्राउ परेको लहानका प्रहरी निरीक्षक विपिन रेग्मीले बताए।
प्रमुख जिल्ला अधिकारी एवम् एसएलसी परीक्षा समन्वय समिति सिरहाका संयोजक वीरेन्द्रकुमार यादवले परीक्षा केन्द्रभित्रै चिट चोराउने परीक्षा गार्ड र नक्कली परीक्षार्थी गरी शुक्रबार लहानस्थित ३ परीक्षा केन्द्रबाट १० जनालाई पक्राउ गरिएको बताए। उनीहरुलाई कारबाही अगाडि बढाइएको जानकारी पनि उनले दिए।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP