१२ लाख चन्दा त पहिल्यै उठ्यो् रे घारको महायज्ञमा

March 31, 2010

म्याग्दी न्युज लेख्छ,
एक उच्च माविलाई स्नातक तहको क्याम्पस बनाउन आयोजना गरिएको महायज्ञलाई स्थानिय दुई समाजसेवीले अग्रिम १२ लाख ५० हजार चन्दा दिएका छन। सदरमुकाम बेनीदेखि ३२ कोष उत्तरमा पर्ने घारास्थित मुत्तिमार्ग उच्च माविलाइ क्याम्पस बनाउन स्थानिय बहुतबहादुर बरुवाल र पदमध्वज खड्काले अग्रिम चन्दा दिएका हुन।
 बरुवालले रु ८ लाख ५० हजार र खड्काले ४ लाख रुपैया दिएका छन। अगामी चैत्र ३० गते देखि ६ गतेसम्म सञ्चालन हुने महायज्ञका अग्रिम चन्दादाता बरुवाललाइ प्रमुख अतिथी र खड्कालाइ मुख्य कर्ता बनाउने निर्णय गरेको छ। अन्नपूर्ण पदमार्गको प्रख्यात गन्तव्य पुनहिल क्षेत्रमा पर्ने मुत्तिमार्ग उच्च मावि जिल्लाकाे उत्तरी भेगकै सबैभन्दा पुरानो विद्यालय हो । विगत ८ वर्षदेखि शिक्षा संकायमा १० जोड २ कक्षा संचालन गर्दै आएको यस विद्यालयले शिक्षा संकायमै स्नातक कक्षा संञ्चालन गर्न महायज्ञ आयोजना गर्ने लागेको हो । युवा पण्डित दीनबन्धु पोखरेलबाट प्रवचन हुने महायज्ञबाट १ करोड भन्दा बढि नगद संकलन गर्नै लक्ष्य आयोजकले लिएको छ। साथै रकम दान गर्ने महानुभावहरुलाइ दोसल्ला ओढाई सम्मान गर्नुका साथै डोली चढाई गाउँ परिक्रमा गर्नेलगायतका कार्यक्रमहरु तय गरिएको छ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP