म्याग्दी समाजले भाग्यशाली चिट्ठाको टिकट यसै हप्ता देखि बिक्री बितरण शुरु गर्ने

March 31, 2010

टिकटलाई ठूलो साइजमा हेर्न यहां क्लिक गर्नुहोस
आगामी जुन ६ तारिख आईतबारको दिन म्याग्दी समाज समिति दक्षिण कोरियाको आयोजनामा सम्पन्न हुन गईरहेको प्रतिस्प्रर्धात्मक भलिबल खेल म्याग्दी कपको आयोजनामा समाबेश गरिएको म्याग्दी अस्पताल सहयोगार्थ भाग्यशाली चिट्ठको बिक्री बितरण यसै हप्ता अर्थात अप्रिल ४ तारिख आईतबार देखि शुरु गर्ने भएको छ ।
 भाग्यशाली चिट्ठाको टिकट लगायत चिठी पत्रहरुको सम्पूर्ण तयारी पूरा भएकोले यसै हप्ता देखि बिक्री बितरण कार्यलाई अगाडी बढाउने भएको हो । यसै हप्ताको शनिबार सांझ म्याग्दी समाजले आयोजना गर्न गईरहेको म्याग्देली खेलाडी सम्मान कार्यक्रममा नै  उपस्थित म्याग्देलीहरुलाई भाग्यशाली चिट्ठाको टिकट बिक्रीको लागि जिम्मा दिईने भएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP