म्याग्देली भलिबल खेलाडीहरुको सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न

April 3, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको म्याग्दी समाज भलिबल टिमका खेलाडीहरुको सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । गत शनिबार सांझ राजधानी सउलको तोङदेमुन स्थित लुम्बिनी रेष्टुरेण्टमा सम्पन्न उक्त सम्मान कार्यक्रमको प्रमुख अतिथिमा नेपाल सम्पर्क समितिका अध्यक्ष देबित राई र म्याग्दी समाजका अध्यक्ष नर बहादुर पुनको सभापतित्व रहेको थियो । गत डिसेम्बर २४ तारिख एन सि सी कपलाई दोश्रो पल्ट पनि आफ्नो पोल्टामा पार्न सफल म्याग्दी समाजले म्याग्देली खेलाडीहरुको सम्मान कार्यक्रमको आयोजना गरेको हो । प्रमुख अतिथि देबित राई र अध्यक्ष नर बहादुर पुनले संयुक्त रुपमा पानसमा बत्ति बालि उद्घाटन गरिएको कार्यक्रममा उपस्थित खेलाडीहरुलाई खाडा र सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा अन्य संघ संस्थाका प्रतिनिधिहरु लगायत करिव पचास जना म्याग्देलीहरुको उपस्थिति रहेको थियो । सहसचिव बाबुराम शर्माको स्वागत मन्तब्य रहेको सम्मान कार्यक्रममा सचिव भरत तुलाचनको संचालन रहेको थियो ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP