म्याग्दीको पर्यटकीय स्थल घोरेपानीमा भारतीय राजदुत राकेश सुद

April 5, 2010


नेपालका लागि भारतीय राजदुत राकेश सुद शुक्रबार पदयात्राका क्रममा म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल घोरेपानी आउनुभएको   थियो   ।
बिहीबारदेखि पदयात्रामा निस्कनुभएका सुद कास्कीको घान्द्रकु हुँदै घोरेपानी आईपुग्नु भएको हो ।
शुक्रबार बेलुकी घोरेपानी आईपुगेको राजदुत सुदलाई स्थानीयबासीले भब्य स्वागत गरेका थिए । राजदुत सुद शुक्रबार बेलुकी स्थानीयबासीले आयोजना गरेको साँस्कृतीक कार्यक्रममा सहभागी हुँदै हुनुभयो  ।
पुर्व भारतीय सेना डमबहादुर पुनले सञ्चालन गर्नुभएको होटल सन्नीमा बस्नुभएका राजदुत सुद शनिबार बिहान सुर्योदय सँगैको हिमऋङ्खलाहरूको अवलोकन गरि  पुनहिल जानुभएको थियो   ।
उहाँ व्यक्तिगत पदयात्राका क्रममा घोरेपानी आउनु भएका राजदुत सुद समक्ष शिख र घाराका बासिन्दाले विकास का लागि सहयोग गरिदिन शनिबार मागपत्र बुझाएका  छन् ।

पदयात्रामा सौखीन राजदुत सुदले गत वर्षपनि उपल्लो मुस्ताङको भ्रमण गर्नुभएको थियो । उहाँ शनिबारनै नयाँ पुल हुँदै पोखरा र्फकनु भएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP