अब म्याग्दीमा पनि प्याराग्लाईडिङ्ग

April 9, 2010

काँस्कीको सारङ्गकोट प्याराग्लाईडिङ्गको लागि उत्तम ठाँउको रुपमा परिचित रहेको वखत अब म्याग्दीको पुलाचौरमा पनि प्याराग्लाईडीङ्ग हुने भएको छ ।

शुक्रबार एक जना अमेरिकी नागरीकले ढोरपाटन बाट उडान गरी पुलाचौर गाबिसको डडुवामा प्याराग्लाईडिङ्ग अबतरण गरि त्यस क्षेत्रमा प्याराग्लाईडिङ्गको लागि उत्तम क्षेत्र रहेको बताएका थिए । स्थानीय समाजसेवी भोजबहादुर कार्कीका अनुसार उक्त प्याराग्लाईडिङ्गमा एक अमेरिकी र अर्का फ्रान्सेली नागरिक सहभागी थिए । शक्रवार डडुवामा ल्याण्ड गरेर पुन त्यही बाट प्याराग्लाइडिङ्ग बाट टोड्के लगाएत विभिन्न क्षेत्रमा उनीहरुले अबलोकन गरेको स्थानीय महाविर नेपालीले बताए ।

टोड्केमा प्याराग्लाईडिङ्गको राम्रो सम्भावना रहेको भए पनि त्यहाँ भौतिक पर्ूवाधार निर्माण गर्नु पर्ने शुक्रबार आएका पर्यटकहरुले सुझाब दिएको नेपालीले बताएका छन् । यस्ता पर्यटकीय सम्भावना बोकेका ठाउहरुमा सम्बन्धित निकायहरुको ध्यान जाने हो भने हाम्रो देशको प्रति व्यक्ति आयमा सुधार हुने थियो

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP