आठौ कार्य समितिको पहिलो बैठकले गरेको नियमित बैठक सम्बन्धि निर्णय

April 30, 2010

मिति २०१० फेब्रुअरी २१ तारिख आईतबारको दिन म्याग्दी समाज समिति दक्षिण कोरियाको आठौं कार्य समितिको पहिलो बैठक राजधानी सगल स्थित नमस्ते रेष्टुरेण्टको सभाहलमा बसेको थियो । समाजका अध्यक्ष नर बहादुर पुनको अध्यक्षतामा बसेको  पहिलो बैठकमा नव कार्य समितिका १४ जना सदस्यहरुको उपस्थिति रहेको थियो । उक्त बैठकले गरेको आगामी नियमित बैठकहरु सम्बन्धि गरेको महत्वपूर्ण निर्णय यस्तो छ ।
१-  अध्यक्ष वा सचिवले बैठकको   पहिलो दिन सम्ममा समितिका सम्पुर्ण सदस्यहरुलाई समितिको  नियमित वा अपर्झत बैठक र बैठक स्थलको जानाकारी दिई सक्नु पर्ने छ ।
२-आगामी दिनहरुमा बैठक दिनको ठिक १२:३० मा शुरु गरि सकिने छ । १ बजे भन्दा पछाडी उपस्थित कुनै पनि सदस्यहरुले जरिवाना स्वरुप ५,००० ओन तिर्नु पर्ने छ ।
३- कुनै पनि सदस्य  बैठकमा लगातार २ पल्ट अनुपस्थित रहेमा जरिवाना स्वरुप १०,००० ओन तिर्नु पर्ने छ ।
४- कार्यकारिणी सदस्यहरुले अत्याबशेक काम आईपरेमा अध्यक्ष वा सचिवलाई पुर्व जानाकारी गराउनु पर्ने छ । ब्यस्तताको बिशेषता हेरेर सोही दिनको बैठकले छलफल गरि जरिवाना मिनाहा गर्न सकिने छ ।
५- हरेक बैठकहरुमा संकलित जरिवाना उक्त दिनको चिया खर्चमा खर्च गरिने छ ।
६- यो नियम खेलकूद समिति , सल्लाहकार तथा साधारण सदस्यहरुको हकमा  भने लागू हुने छैन ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP