म्याग्दी समाज आठौ कार्य समितिको दोश्रो बैठक सम्पन्न

May 3, 2010

म्याग्दी समाज समिति दक्षिण कोरया आठौ कार्य समितिको दोश्रो बैठक हिजो राजधानी सउलको तोङदेमुन स्थित नाक्सान एरियामा सम्पन्न भएको छ । समाजका अध्यक्ष नर बहादुर पुनको अध्यक्षतामा सम्पन्न हिजोको बैठकमा कार्य समिति ,सल्लाहकार र साधारण सदस्य गरि १५ जनाको उपस्थिति रह्यो । बैठकमा मुख्य गरि म्याग्दी कप आयोजना सम्बन्धि तयारी गर्नेमा केन्द्रित रह्यो ।
 बैठकले खाजा बेचबिखन सम्बन्धि तयारीको लागि नानी पुनको संयोजकत्वमा १२ जना सहयोगी रहने गरि तयारी समिति गठन गरेको छ । जस्मा गौरी बोगटी,उमा राना,पुर्ण तुलाचन,भीममाया पुन,चिना पुन,मनमित पाईजा,नुनु कुमारी पुर्जा,सिमा पुन,तुला रामजाली,पारु पाईजा र सुष्मा पुर्जा  रहेका छन । आयोजना सम्बन्धि अन्य महत्वपूर्ण निर्णयहरु समेत भएका छन । हिंजै ब्यबसायी तथा सल्लाहकार रबिन छन्त्यालको प्रायोजनमा म्याग्देली भलिबल खेलाडीहरुको ड्रेस ९ थान अर्डर दिई सकिएको छ । 

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP