धौलागिरि हिमाल आरोहणको पचास वर्षपुगेको अवसरमा पहिलो आरोही अस्ट्रेलियन नागरिक कुट डिर्म्बर्गरलाई शुक्रबार म्याग्दीको सदरमुकाम बेनीमा नागरिक अभिनन्दन गरिएको छ । संसारको आठौ अग्लो धौलागिरि हिमालको सन १९६० मे १३ का दिन ६ सदस्यसहित आरोहण गरेका आरोहण दलका सदस्यमध्ये कुट एकमात्रै जिवित आरोहि हुन् । धौलागिरि आरोहण स्वर्ण महोत्सव कार्यक्रमको आयोजना गरि आरोहण दलका सदस्य कुट सहित अन्य करिव एकदर्जन हिमाल आरोहिलाई सम्मान गरिएको हो ।
आरोहि कुटलाई पर्यटनमन्त्री शरदशिंह भण्डारी र धौलागिरि आरोहण स्वर्ण महोत्सव मुल समारोहका संयोजक एवं स्थानीयविकास अधिकारी विष्णुप्रसाद पोख्रेलले सम्मानपत्र, दोसल्ला र नेपाली ढाकाटोपी लगाएर सम्मान गरे । महोत्सवका अवसरमा बोल्दै पर्यटनमन्त्री शरदशिंह भण्डारीले नेपालमा पर्यटनको विकासबाटै आर्थीक क्रान्ती ल्याउन सकिने बताए । सन २०१० को बाकि समय र २०११ को सबै अवधिभर धौलागिरि, सगरमाथा लगायतको सफल आरोहण गरेका बिदेशी नागरिकलाई भिषा शुल्कमा सबै र हिमाल आरोहणमा लाग्ने शुल्कमा ५० प्रतिषत मिनाहा गर्ने निर्णय सरकारले गरेको बताए । विश्वका अग्ला शिखरको आरोहण गर्ने स्वदेशी र बिदेशी नागरिकलाई पर्यटन सल्लाहकारका रुपमा सम्मान गर्ने निर्ण्र्ाापनि सरकारले गरेको बताउँदै मन्त्री भण्डारीले त्यसका लागि सरकारले सिमा तोक्ने निर्णय छिट्टै मन्त्री परिषदले गर्ने जानकारी गराए । पर्यटनक्षेत्र भनेको व्यापार भएकोले त्यस्ता क्षेत्रको पुवाधार विकासका लागि एकगुणा खर्च गरेर चारगुणा आम्दानी हुनेखालका योजना ल्याउन पर्यटन व्यवसायीहरूलाई आग्रह गर्दै मन्त्री भण्डारीले त्यस्ता क्षेत्रमा लगानी गर्न सरकार सधैं तयार रहेको बताए । म्याग्दीमा रहेका पर्यटकिय सम्भावना स्मरण गर्दै मन्त्री भण्डारीले त्यस्ता क्षेत्रको पुवाधार विकास र प्रचारप्रसार हुन सकेमा म्याग्दीको मात्रै नभएर मुलुककै अर्थतन्त्रमा ठुलो टेवा पुग्ने विश्वास मन्त्री भण्डारीले व्यक्त गरे ।

यति खोज्न धौलागिरि जाऔं भन्ने मुल नाराका साथ धौलागिरि पर्यटन परिषदले पर्यटनवर्ष२०११ लाई मनाउने तयारी गरिरहेको जनाएको छ ।
(बेनी अनलाईनबाट)