म्याग्दी रनिङ कप भलिबल खेल प्रतियोगिताको गोलाप्रथा यसै हप्ता सम्पन्न हुने

May 17, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी जुन ६ तारिख आईतबारको दिन आयोजना गर्न गई रहेको म्याग्दी रनिङ कप भलिबल खेल प्रतियोगिताको गोलाप्रथा  मे २३ तारिख आईतबारको दिन सम्पन्न गरिने भएको छ ।  नेपाल सम्पर्क समिति दक्षिण कोरियाको साधारण सभा हुने स्थान एम टि युको हलमा साधारण सभालाई कुनै असर नपर्ने गरि समय मिलाई गोला प्रथा सम्पन्न गरिने छ ।
 आयोजना हुने मितिको एक हप्ता अगावै अर्थात मे ३० तारोख आईतबारको दिन गोला सम्पन्न गर्ने भनि पत्राचार तथा प्रचार प्रसार गरिएता पनि कोरियाको बर्तमान परिस्थितिलाई ध्यानमा राख्दै  २३ तारिखको दिनमा नै सम्पन्न गर्ने निर्णय गरिएको हो । करिव आठ टीमको सहभागिता हुन सक्ने सम्भावना रहेको म्याग्दी रनिङ कपमा थप सहभागि हुन चाहाने संघ संस्थाहरुले २३ तारिख आईतबार सम्ममा सम्पर्क गरि गोला प्रथा कार्यक्रममा भाग लिनु हुन अनुरोध गरिन्छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP