म्याग्दी रिनङ कपमा ११ टीमको सहभागिता, खेल तालिका तयार

May 23, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गर्न गई रहेको म्याग्दी रनिङ कप २०१० को लागि लभ ईन नेपाल,स्याङजा परिवार बी , नेपाल मगर संघ,पर्वत प्रवासी संघ,रुपन्देही सम्पर्क समिति,बाग्लुङ सम्पर्क समिति,गुल्मी सम्पर्क समिति, नेपाली चौतारी समाज,स्याङजा ए ,नेपाल गोरखा परिवार र म्याग्दी समाज समिति गरि ११ टीमले सहभागिता जनाएका छन । हिजो आईतबार एम टी यु को कार्यलयमा सम्पूर्ण टीमका प्रतिनिधिहरुको उपस्थितिमा गोला प्रथा कार्यक्रमको आयोजना गरि खेल तालिका तयार गरिएको छ ।
 ए र बी पोल गरि दुई भागमा बिभाजन गरिएको उक्त खेल तालिका अनुसारको पहिलो खेल लभ ईन नेपाल र स्याङजा परिवार बी बिच सम्पन्न हुने छ भने गुल्मी सम्पर्क समिति र नेपाली चौतारी समाज बीच दोश्रो खेल हुने भएको छ । बिहान नौ बजे देखि नै खेल संचालन गरिने भएकोले सहभगि टीमहरुलाई समयमै उपस्थित भई दिनुहुन अनुरोध गरिएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP