म्याग्दी रनिङ कप आयोजनाको सम्पूर्ण तयारी पूरा

May 31, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाले यसै हप्ताको आईतबार अर्थात जुन ६ तारिख आयोजना गर्न गईरहेको म्याग्दी रनिङ कपको तयारी प्राय: पूरा भएको छ । उक्त दिन हुने आयोजनामा कोरियामा कृयाशिल संघ संस्थाहरुका ११ टीम बिच दरिलो प्रतिस्प्रर्धा हुने निश्चित भएको छ भने आयोजना संग सम्बन्धित सम्पूर्ण अत्याबशेक  सामग्रीहरुको जोहो भई सकेको छ । समाजले बिगतका कार्यक्रमहरुमा नास्ता स्वरुप बिक्री बितरण गर्दै आईरहेको सेलरोटी र तरकारीहरुको साटो यसपालीको कार्यक्रममा उपस्थित महानुभावहरुलाई बिसेश नौलो खालको परिकार पस्कने भएको छ ।
 यसपालीको कार्यक्रममा बेचबिखन गरिने नयां परिकारको तयारीको लागि होनहार म्याग्देलीहरु जागरुकताका साथ लागि परेका छन । कोरियाली प्लाष्टिक कम्पनीको  म्याग्देली मालिक रविन छन्त्यालले  कार्यक्रमको प्रायोजन गर्दै म्याग्देली खेलाडीहरुको लागि  ड्रेस उपलब्ध गराउनु भएको छ । उता कार्यक्रममा नतिजा प्रकाशन गर्ने गरि बिक्री बितरण गरिरहेको भाग्यशाली चिट्टा पुरस्कारको तयारी समेत भईसकेको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP