म्याग्दी रनिङ कप २०१० यसरी सम्पन्न भयो

June 7, 2010

 म्याग्दी समाज समिति दक्षिण कोरियाले बिगत बर्षहरुमा झै यस बर्ष पनि प्रतिस्प्रर्धात्मक भलिबल खेल -म्याग्दी रनिङ कप २०१०  राजधानी सउलको नजिक  उईजङबु स्थित  सिन होङ युनिभर्सिटीको हलमा  ११ टीम बिचको प्रतिस्प्रर्धाको साथ सम्पन्न गरेको छ ।
 पहिलो चरणको खेलमा स्याङजा परिवार बी ले लभ ईन नेपाललाई, गुल्मी सम्पर्क समितिले नेपाल चौतारी समाजलाई, नेपाल मगर संघले पर्वत प्रवासी समाज लाई,स्याङजा परिवार ए ले नेपाल गोरखा परिवारलाई र बाग्लुङ परिवारले रुपन्देही सम्पर्क समितिलाई  पछि पार्दै दोश्रो चरणमा प्रबेश गरेका थिए त्यस्तै,  दोश्रो चरणको खेलमा म्याग्दी समाजले स्याङजा परिवार ए लाई र नेपाल मगर संघले स्याङजा बी लाई पराजित गर्दै सेमिफाईनल खेलमा प्रबेश गरे पश्चात भएको  खेलमा   म्याग्दी समाजले गुल्मीलाई र बाग्लुङले नेपाल मगर संघलाई पछि पार्दै फाईनलमा प्रबेश गरेका थिए । म्याग्दी र बाग्लुङ बिचको प्रतिस्प्रर्धात्मक फाईनल खेलमा  म्याग्दी समाजलाई  समेत पराजित गर्दै  बाग्लुङले म्याग्दी रनिङ कपमा बिजय हांशिल गरेको  थियो । स्मरणिय रहोस , गत साल  पर्वत प्रवासी समाजको हातमा परेको म्याग्दी कप त्यस अगाडी एन सि सीले जितेको  थियो । म्याग्दी कपलाई पूर्ण बिजयी बनाउन लगातार दुई बर्ष बिजयी हुनु पर्ने प्राब्धान रहेको छ ।
त्यस्तै, म्याग्दी रनिङ कपमा बाग्लुङ टीमबाट सहभागि तिलक भण्डारी मगर (११ नम्बर जर्सी) लाई उत्कृष्ट खेलाडी घोषित गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी छनोटको लागि नेपाली जनजाति महासंघका अध्यक्ष चङ कुमार गुरुङको संयोजकत्वमा ३ जनाको छनोट समिति गठन गरिएको थियो । ३ जनाको छनोट समितिले बाग्लुङ टीमबाट सहभागि तिलक भण्डारी मगर (११ नम्बर जर्सी) लाई उत्कृष्ट खेलाडी घोषणा गरेको हो ।
 त्यस्तै, कार्यक्रममा खोलिएको भाग्यशाली चिट्ठाको प्रथम पुरस्कार म्याग्दी समाजका उपाध्यक्ष नारायण बरुवाल ( ००१६०४ ) लाई परेको छ भने दोश्रो पुरस्कार सनम पुन (०००३८० ) र तेश्रो पुरस्कार रोजिना तामाङ (००१८७५ ) लाई । सान्त्वना तर्फ अनिल केशी (००११८४) , जन कल्याण माबि (००१८६८) र हरी बानियां (०००७८१ ) लाई परेको छ । हाल सम्म पनि चिट्ठा पुरस्कार प्राप्त नगर्नु हुने पुरस्कृत महानुभावहरुले आफू संग भएको अर्ध कट्टीका साथ समितिमा यथासिघ्र सम्पर्क गर्नु हुन अनुरोध गरिएको छ ।
बिगत बर्षहरुमा भन्दा अझ बढि उपस्थित दर्शकहरुको बिच कार्यक्रमले दर्शकहरुलाई गत सालहरु भन्दा थप रौनकता दिन सफल भएको अदकल काटिएको छ । कार्यक्रममा बाग्लुङका स्थानिय गायक  दुर्गा पौदयालको गीत  र म्याग्दी दानाकी प्रवासी चेली शान्ती गर्बुजा पुनको  गैरी खेटको..... भन्ने  बोलको गीतमा गरिएको नृत्यले दर्शकलाई नचाउनु नचायो ।  तन,मन लगाएर खटिएका म्याग्देली आयोजकहरुले खासै कुनै कुरामा  कमि हुन नदिन जोडडार खटिरहेका देखिन्थे । यसपालिको कार्यक्रममा सेलरोटीको बदला म:म पकाएर बेचबिखनमा ब्यस्त थिए म्याग्देलीहरु ।  
आगामी बर्षको आयोजनामा पुन: भेट हुने गरि रातको ९:३० बजे म्याग्दी रनिङ कप २०१० लाई अन्त गरिएता पनि हलको सरसफाईले रातको साढे दश बजाईदियो म्याग्देलीहरुलाई  । कार्यक्रमहरु सम्बन्धि थप फोटोहरु हेर्न भित्र जानुहोस ...

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP