भाग्यशाली चिट्ठाको टिकट सर्बाधिक बेच्ने म्याग्देली चेलीलाई चिनौ

June 12, 2010

यसपालिको  प्रतिस्प्रर्धात्मक भलिबल खेल म्याग्दी रनिङ  कप कार्यक्रममा समाबेश गरिएको भाग्यशाली चिट्ठाको टिकट बिक्री बिगतका कार्यक्रमहरु भन्दा थप संतोषजनक रहेको छ । थुप्रै म्याग्देली र गैर म्याग्देली प्रवासीहरुको सहयोग अबिष्मरणिय छ । जस मध्य  १००  टिकट बेचेर  म्याग्दी छिस्बाङकी चिना पुन हाल सम्मकै  सर्बाधिक टिकट बेच्ने म्याग्देली सहयोगि बन्न  पुगेकी छिन । कार्यक्रममा कूल बिक्री गरिएको टिकटको २० %  कटाएकी चिना  म्याग्दी जिल्ला अर्मन गाबिस वाड न ३ स्थित छिस्बाङबाट ६ बर्ष अगाडी कोरिया आई पुगेकी हुन ।
बिगतमा समाज सेवा प्रति खासै चासो नराख्ने ती नानी हाल म्याग्दी समाज समितिमा सक्रिय सदस्य रहेकी छिन । स्मरणिय रहोस,  कोरियामा हाल सम्मको कार्यक्रमहरुमा एक जनाले बढिमा ७० वटा टिकट बिक्री गरेको रेकर्ड छ । म्याग्दी जिल्ला अस्पताल सहयोगार्थ समाबेश गरिएको यसपालिको भाग्यशालि चिट्ठा कार्यक्रममा चिट्ठा बिक्री बितरण गरि सहयोग पुर्याउनु हुने सम्पूर्ण स्वयंसेवकहरुमा म्याग्दी समाज समिति हार्दिक धन्यबाद दिन चाहान्छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP