म्याग्दी टीम र म्याग्दी रनिङ कप २०१० मा सहभागि खेलाडीहरु

June 15, 2010

गत जुन ६ तारिख आईतबारको दिन म्याग्दी समाज समितिले म्याग्दी रनिङ कप २०१० को आयोजना सम्पन्न गरि सकेको छ । जस्मा बाग्लुङ सम्पर्क समिति  म्याग्दी कप २०१० को बिजयी बनेको छ । म्याग्दी समाज लगायत  ११  टीमका सम्पूर्ण खेलाडीहरुले  उक्त प्रतियोगितामा आ-आफ्नो खेल कौशल देखाई सकेका छन । प्रतियोगितामा सहभागि सम्पूर्ण खेलाडीहरुलाई म्याग्दी समाज धन्यबाद दिन चाहान्छ ।
सम्भव भए सम्म यसै ब्लग मार्फत प्रतियोगितामा सहभागि सम्पूर्ण खेलाडीहरुको परिचय दिईने बाचा गर्दै उक्त प्रतियोगितामा सहभागि हाम्रा खेलाडीहरुको परिचय दिने जमर्को गरिएको छ ।
१- झलक आचार्य
म्याग्दी जिल्ला कुहुं गाबिस घर भई हाल बेनी बजार निवासी म्याग्देली खेलाडी झलक आचार्य २ बर्ष अगाडी ईपिएस मार्फत कोरिया आउनु भएको हो । हाल म्याग्दी समाज खेलकूद समितिका अध्यक्ष समेत रहेका आचार्य म्याग्दी टीम क्याप्टेनको भूमिका निर्वाह गर्नु हुन्छ । म्याग्देली भलिबलका स्थापित खेलाडी उहांले आगामी दिनहरुमा समेत कोरिया स्थित म्याग्देली भलिबल टीमको नेतृत्व गर्नु हुने छ । 
२-मुक्त केशी म्याग्दी जिल्ला बाबियाचौर स्थित सहश्रधाराबाट १९ बर्ष अगाडी कोरिया आई कार्यरत मुक्त केशी चौवालिस पैतालिस साल तिर दरबाङ भेग तिरको भलिबल खेलमा चर्चित नाम हो । उहां कोरिया प्रवेश गरे देखि हाल सम्म  भलिबल खेलमा सहभागि रहि रहनु भएको छ ।
३- भीम प्रसाद पूर्जा म्याग्दी जिल्ला शिख गाबिसबाट कोरिया आई कार्यरत भीम प्रसाद पुर्जा म्याग्देली भलिबल टीममा खेल कौशलले भरपूर खेलाडीको रुपमा गनिनु हुन्छ । उहांको खरो डिफेन्शले म्याग्दी टीमलाई कतिपय आयोजनामा  बिजय बनाउन ठूलो भूमिका रहेको छ ।  उहांको कार्य ब्यस्तताले म्याग्दी रनिङ कप २०१० मा सहभागि हुन नपाए पनि आगामी कार्यक्रमहरुमा उहांको सहभागिता रहने छ ।



४- उमेश बस्नेट खोताङ जिल्लाबाट कोरिया प्रवेश गर्नु भएका उमेश बस्नेट एस के नेपाल ओआर जीका संस्थापक सदस्य हुनु हुन्छ । भलिबलका कुशल खेलाडी मानिनु हुने बस्नेट बिगतमा एनसिसी,खोताङ,स्याङजा,एसकेनेपाल,आनन्द ईन्टर्नेशनल आदि टीमबाट सहभागि रहदै आउनु भएको थियो ।हाल लगातार दुई आयोजनामा म्याग्दी समाजमा सहभागि हुनु हुन्छ । म्याग्दी समाजमा म्याग्देलीहरुको  एकताबाट  प्रभावित भएर १ पल्ट म्याग्दी समाजबाट सहभागि हुन चाहेको कुरा बिगतमा बताउदै आउनु भएको थियो ।
५- कमल पुन म्याग्दी जिल्लाको भुरुङ तातोपानीबाट ईपिएस मार्फत १ बर्ष अगाडी कोरिया आई पुगेका कमल पुन कोरियाको म्याग्देली टीममा उदयीमान नाम हो । म्याग्देली टीममा सबै भन्दा अग्लो उचाई भएका कमल जम्मा २१ बर्षका छन । आगामी दिनमा म्याग्देली भलिबलमा राम्रो स्थान बनाउन सकने सम्भावना रहेको छ ।


६- रबि मल्ल रुकुम जिल्लाबाट कोरिया आई कार्यरत रवि मल्ल  बिगतमा एनसिसी,खोताङ,स्याङजा,एसकेनेपाल लगायतका टीमहरुबाट कोरियामा आयोजना हुने भलिबल खेल पर्तियोगितामा सहभागि रहनु भएकोमा म्याग्दी समाज र म्याग्देलीहरु संगको सामिप्यले उहां आगामी दिनहरुमा म्याग्दीबाट आफ्नो खेल कौशल प्रर्दशन गर्ने बताउनु हुन्छ ।
७- रेम पुर्जा  म्याग्दी जिल्ला  रिमबाट करिव १२ बर्ष अगाडी   कोरिया आई पुगेका रेम पुर्जा  म्याग्देली भलिबल खेलाडीको रुपमा चिनिनु हुन्छ   । भलिबल खेलाडी मात्र नभएर म्याग्दी समाजका हरेक गतिबिधिहरुमा सहयोगि भूमिका निभाउदै आउनु भएको छ ।

८- भबिन्द्र पुन म्याग्दी जिल्ला कोटगाउबाट ३ बर्ष अगाडी कोरिया आई पुगेका भबिन्द्र पुन   लगातार म्याग्दी समाज टीममा समाबेश हुनु हुन्छ । आशा गरौ नव प्रवेशी म्याग्देली खेलाडीहरुले भबिष्यमा म्याग्दी समाज टीमलाई अझ अगाडी बढाउने छन ।



९- ज्ञान छन्त्याल म्याग्दी जिल्ला मल्कबाङ गाबिस ६  बाट कोरिया आई कार्यरत ज्ञान छन्त्याल म्याग्देली भलिबल खेलाडीको रुपमा दरिई सक्नु भएको छ । आगामी दिनमा उहांहरु जस्ता नव प्रवेशी म्याग्देली खेलाडीहरुको थप आशा गरनै पर्ने भएको छ ।
१०- उदय पुन म्याग्दी जिल्ला रुम गाबिस बाट ८ महिना अगाडी ईपिएस मार्फत कोरिया आई पुगेका उदय पुन पनि म्याग्देली भलिबल खेलाडीको रुपमा दरिई सक्नु भएको छ । 

कोरियामा रहेका पुराना खेलाडीहरु प्राय: सबै  स्वदेश फर्के पछि म्याग्दी समाज समिति दक्षिण कोरियामा भलिबल खेलाडीहरुको खडेरी परिरहेको परिप्रेक्षमा ईपिएस मार्फत कोरिया आई पुगेका नव प्रवेशी    म्याग्देली खेलाडीहरुले भने केहि आशा जगाईरहेको महसुस भईरहेको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP