ब्यबसायी रबिन छ्न्त्यालबाट म्याग्दी समाजलाई ड्रेससेट प्रदान

June 18, 2010


यसपालिको म्याग्दी रनिङ कपमा कोरिया स्थित म्याग्देली ब्यबसायी रबिन छन्त्यालले म्याग्देली खेलाडीहरुलाई आबश्यक ड्रेस सेट  सहयोग स्वरुप उपलब्ध गराउनु भएको छ । गत जुन ६ तारिख आईतबारको दिन आयोजित कार्यक्रम स्थलमा  समाजका अध्यक्ष नर बहादुर पुन र म्याग्दी समाज खेलकूद अध्यक्ष झलक आचार्यलाई ब्यबसायी छन्त्यालले हस्तान्तरण गर्नु भएको  हो । उहांले नौ जना खेलाडीहरुलाई आबश्यक् ड्रेस सेट उपलब्ध गराए पछि समाजका अध्यक्ष नर बहादुर पुनले सम्मान पत्र र फूलको गुच्छाले सम्मान गर्नु भएको थियो ।

को हुन ब्यबसायी रबिन छन्त्याल ?
म्याग्दी जिल्लाको अति बिकट मानिने गुर्जा गाबिसबाट १९९२ तिर कोरिया आई  हाल कोरियाली नागरिक संगको  घरजम  पश्चात  एक छोरा र एक छोरीका साथ  यतै पारिवारिक जिबन बिताउंदै हुनुहुन्छ । कोरियाको सुवन शहर स्थित  एक  प्लास्टिक कम्पनीलाई संचालनमा ल्याउनु भएको  छन्त्याल कोरियामा सफल म्याग्देली ब्यबसायीको रुपमा चिनिनु हुन्छ  । उहांको कम्पनीमा हालै कोरिया सरकारले संचालनमा ल्याएको ईपिएस भीषा  अन्तर्गतका बिदेशी  मजदूरहरु कार्यरत रहेको  बताईन्छ  । नेपाली मूलका कोरियन नागरिक भईसकेका छन्त्यालले म्याग्दी समाजलाई बिगतमा समेत सहयोग गर्दै आउनु भएको छ ।

 
सम्मान पत्र र फूलको गुच्छाले सम्मान
ड्रेससेट ग्रहण समाजका  अध्यक्ष नर बहादुर पुन
ड्रेस सेट ग्रहण खेलकूद अध्यक्ष झलक आचार्य

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP