म्याग्दी समाज समिति दक्षिण कोरिया द्दारा धन्यबाद ज्ञापन

June 23, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको प्रतिस्प्रर्धात्मक भलिबल खेल म्याग्दी रनिङ कप २०१० मा सहयोग पुर्याउनु हुने संघ संस्थाहरु लगायत सम्पूर्ण महानुभावहरुमा म्याग्दी समाज द्दारा धन्यबाद ज्ञापन गरिएको छ । आईतबार बसेको म्याग्दी समाज  आठौ कार्य समितिको नियमित चौठो बैठक द्दारा म्याग्दी रनिङ कपमा सहयोग पुर्याउनु हुने संघ संस्था लगायत सम्पूर्ण महानुभावहरुमा धन्यबाद ज्ञापन गरिएको हो ।
म्याग्दी रनिङ कपमा कोरियाका प्राय: सबै कृयाशिल संघ संस्थाहरुले भाग्यशाली चिट्ठाको टिकट बिक्री गरि सहयोग गरेका थिए भने  ११ संस्थाहरुले भलिबल टीम समेत पठाई सहयोग गरेका  थिए । साथै कार्यक्रममा कोरियामा कार्यरत प्रबासी  सुभेच्छुकहरुबाट समेत ठूलो  सहयोग प्राप्त भएको थियो । बैठकले कार्यक्रममा भएको आम्दानी र खर्च हिसाबको कार्य  समेत समापन गरेको छ । जस्मा बिगतका बर्षहरुको तुलनामा   खर्च र  आम्दानीमा केहि  प्रतिशतले बृद्दि भएको देखिएको छ । कार्यक्रमबाट भएको आम्दानीमा थप कुनै आयमुलक कार्यक्रमको आयोजना गरेर म्याग्दी जिल्लाको सदरमुकाम स्थित एक मात्र म्याग्दी अस्पतालमा ईमर्जन्शी भवन निर्माण गर्ने लक्ष रहेको जनाईएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP