खोजौं म्याग्देली हो ! हाम्रो ब्लगमा छिरेर गद्दार गर्नेहरुलाई !

October 6, 2010

म्याग्दी समिति दक्षिण कोरिया द्दारा संचालित यस ब्लग म्याग्देलीहरुको सुख दुख बिसाउने र भेटघाट गर्ने चौतारीको रुपमा स्थापित भई सकेको छ । खास गरि यस ब्लगले  कोरियामा रहेका म्याग्देलीहरुको हरेक गतिबिधिहरुलाई  प्रकाशन गर्नुमा  महत्त्व राख्दछ । यस ब्लगले कोरियाली भूमि लगायत देश बिदेशमा रहेका म्याग्देलीहरु बिच पूलको भूमिका निर्वाह गर्दै अन्य  सुभेच्छुक प्रवासी मित्रहरु संगै  एकसाथ  अगाडी बढ्ने प्रण गर्दछ    ।
 तर,  भलिबल प्रतियोगिताको आफ्नै आयोजना होस या म्याग्देली सहभागिता, केहि समय यता यस ब्लगमा छिरेर शन्देश बक्स मार्फत  नाजायज शब्दहरुको प्रयोग गर्दै म्याग्देलीहरुको खैरो खन्ने काम भई रहेको छ । जस्मा ईमिग्रेशनको धम्की दिएर हुन्छ कि ????? खेलाडीहरुको ब्यक्तिगत मानहानी हुने खालका शब्दहरु प्रयोग गरेर वा गाली गौलज गरेर । यो बिरानो  भूमिमा आएर  नेपाली नेपाली र साथी भाई बिच किन फाटो ल्याउने काम हुन्छ ? के को रिस छ ?   आउ सक्छौ भने नामै दिएर अगाडी ! होईन भने किन गोहीको आंशु झार्ने ?  अब यस्ता बिना नामका दरछेरुवा कमेन्ट गर्ने गद्दारीहरुलाई पत्ता लगाउन हामी पनि लाग्छौं है !

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP