दक्षिण कोरियामा सम्पन्न बिश्व ट्रयाडिश्नल आर्चरी फेस्टिबलमा नेपालको सहभागिता

October 20, 2010

भरत तुलाचन,सउल कोरिया
बिश्व ट्रयाडिश्नल आर्चरी संघको आयोजनामा सम्पन्न ट्रयाडिश्नल आर्चरी फेस्टिबलमा भागलिन नेपालबाट दक्षिण कोरिया आईपुगेका नेपाल ट्रयाडिश्नल आर्चरीका पांच सदस्सिय खेलाडी टोली सफल सहभागिता जनाई गत १७ तारिख आईतबारको दिन स्वदेश फिर्ता भएको छ ।
 नेपाल ओलम्पिक कमिटीको मातहतबाट दिपक राज गुरुङको नेतृत्वमा प्रेम तुलाचन,पानश गौचन,सुनिल सेरचन र टोप्चेन गुरुङ सहितको खेलाडी टोली करिव १० दिन अगाडि कोरिया आई पुगेको थियो । गत अक्टुबर ८ तारिख देखि १३ तारिख सम्म दक्षिण कोरियाको डेजन शहर स्थित तानबाङ बजारको बोरामे पार्कमा आयोजना गरिएको उक्त आर्चरी फेस्टिबलमा नेपाल सहित ३२ देशले सहभागिता जनाएका थिए । कार्यक्रममा नेपाली टोलीले मुख्यगरि म्याग्दी, बाग्लुङ र मुस्ताङ जिल्लामा प्रचलित बांसको धनु र चोयांको शर प्रयोग गरि नेपालको परंम्परागत आर्चरीको खेलको सफल प्रर्दशन गरेका थिए ।
                              
 आयोजकले खेललाई प्रतिष्प्रर्धात्मक रुपमा संचालन गर्दै क्रमश: ४० , ६० र ८० मिटरको दूरी गरि तीन चरणमा बिभाजन गरिएको थियो । जस्मा नेपाली टोलीले प्रतियोगिताको पहिलो चरणमा नेपालमा प्रचलित ४० मिटरको दुरीमा उच्च प्रर्दशन गर्दै दोश्रो स्थान हांशिल गरेका थिए । लामो दूरीको ६० र ८० मिटर दूरीमा समेत संतोषजनक रुपमा खेल प्रर्दशन गरे । आयोजनामा सहभागि ३२ देश बिचको ३ चरण खेलको एकमुष्ठ अंक अनुसार नेपाली टोलीले १२ औ स्थान हांशिल गरेको थियो । नेपालमा परंम्परागत खेलको रुपमा खेलिने यस खेलका खेलाडीहरुले कोरियाली भूमिमा सहभागिता जनाएको सम्भवत: पहिलो हो ।
थसेस दक्षिण कोरिया द्दारा खेलाडीहरुलाई सम्मान
त्यस्तै, गत १६ तारिख शनिबार सांझ थकाली सेवा समिति दक्षिण कोरियाले बिजया दशमीको रमझम संगै कोरिया आई पुगेका परंम्परागत आर्चरी खेलका नेपाली खेलाडीहरुलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । परंपरागत आर्चरी खेलाडीहरुको सम्मानार्थ आयोजित भेटघाट कार्यक्रम मार्फत खेलाडीहरुको सम्मान गरिएको हो । राजधानी सउल स्थित छाबिय चीवमा आयोजना गरिएको उक्त कार्यक्रममा कोरियामा कार्यरत थकाली बन्धूहरु लगायत बाग्लुङ बुर्तिबाङबासीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा थसेस अध्यक्ष भक्त सेरचनले खेलाडीहरुलाई खाडा ओढ्याई सम्मान गर्नु भएको थियो । बिजया दशमीको सुखद अवसर संगै आयोजना गरिएको सम्मान तथा भेटघाट कार्यक्रमको औपचारिक कार्यक्रम पश्चात रात्रीभोजको आयोजना गरिएको थियो ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP