यसपालीको तिहारमा म्याग्देली दिदी बहिनीहरुले प्रवासी दाजुभाईहरुलाई सामूहिक टीका लगाईदिने

October 20, 2010

कोरियामा रहेका म्याग्देली दिदी बहिनीहरुले यसपालिको तिहारमा कोरियामा रहेका म्याग्देली लगायत प्रवासी दाजुभाईहरुलाई  सामूहिक रुपमा टीका लगाई दिने  भएका छन । कोरियाली भूमिमै पहिलो पल्ट आयोजना गर्न लागिएको यस कार्यक्रममा म्याग्देली दिदी बहिनीहरु सित चिर परिचित प्रवासी दाजुभाईहरुलाई समेत कार्यक्रममा  आमन्त्रण गरिने छ । आयोजना स्थलको अझै निश्चित भई नसकेता पनि आगामी हप्ता सम्मा स्थानको निश्चित हुने आयोजक दिदी बहिनीहरुले बताएका छन ।
कार्यक्रममा उपस्थित दाजुभाईहरुलाई म्याग्देली दिदी बहिनीहरुले भाईटीका  र सयपत्री फूलको मालाले स्वागत गर्ने छन । यसपालीको तिहारमा म्याग्देली दिदी बहिनीहरु कोरियामा रहेका प्रवासी दाजुभाईहरुलाई मनग्य खानपिन र भरपूर मनोरन्जनको ब्यबस्था गर्न कम्मर कसेर लाग्दै गरेकोले सायदै कोरियाली भूमिमा सम्भवत: पहिलो आयोजना र स्वागत योग्य कार्यक्रम हुन सक्ने आशा गरिएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP