म्याग्देली बृहत भेलाको मिति पछि सारियो, कार्य समितिको बैठकले पहिलो चरणको कलाकार छनोट गर्यो

November 21, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी हप्ता अर्थात नोभेम्बर २८ तारिख आयोजना गर्न लागेको म्याग्देली बृहत भेलाको कार्यक्रमलाई केहि हप्ता पछाडी सारेको छ । बृहत भेला तयारीको लागि आज बसेको म्याग्दी समाज आठौ कार्य समितिको बिशेस बैठकले बिबिध कारणवश केहि हप्ता पछाडी सारेको हो ।
आजको बैठकले खासगरि बृहत भेलामा पारित गर्ने गरि कलाकारहरुको पहिलो चरणको छनोट गरेता पनि कलाकारहरु संगको सम्पर्क र निश्चिततालाई मध्यनजर गर्दै आज बसेको कार्यसमितिको पूर्ण बैठकले म्याग्देली बृहत भेलालाई पछाडी सारेको हो ।
आजको कार्य समितिको बैठकले आगामी सलनाल पर्वमा आयोजना गरिने सांस्कृतिक कार्यक्रमको लागि नेपालका ख्याति प्राप्त १२ जना कलाकारहरुलाई दुई चरणमा बिभाजन गरको छ । आज छनोट गरिएका १२ जना कलाकार मध्यबाट आगामी म्याग्देली सांगितिक सौगातमा सहभागि हुने भएका छन । कलाकार संग प्रत्यक्ष सम्पर्क गर्नको लागि २ जना जिम्मेवार म्याग्देली सदस्यहरुलाई जिम्मेवारी दिईएको छ । उहांहरुको सम्पर्क र निश्चितता पश्चात यसै बल्ग मार्फत कलाकार बिबरण राखिने भएको छ । आजको बैठकबाट दिईएको संकेत अनुसार कार्यक्रमको तयारी र बिशेस छलफल गर्नको लागि बोलाईने म्याग्देली बृहत भेला सायद नयां बर्षको पावन अवसरमा हुन सक्ने सम्भावना बढेर गएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP