स्वर्गिय बिरु रोकाको पार्थिव शरिर बिहिबार १२:४५ मा नेपाल पठाईयो, १२ तारिख आईतबार शोकसभाको आयोजना गरिने

December 9, 2010

भरत तुलाचन, सउल कोरिया
गत आईतबार हृदयघाट हुन पुगि निधन हुनु भएका म्याग्दी समाज कोरियाका भुपु अध्यक्ष तथा बरिष्ठ सल्लाहकार स्वर्गिय बिरु रोकाज्युको पार्थिव शरिरलाई आज बिहान कोरियाली समयानुसार १२:४५ मा नेपाल पठाईएको छ । उहांको पार्थिव शरिरलाई भोलि शुक्रबार  नेपाली समय  मध्यान्ह १२ :४५ मा काठमाडौ स्थित त्रिभुवन बिमानस्थलमा उत्र्याईने भएको छ । पोखरा स्थित  शोक सन्तप्त परिवारका केहि सदस्यहरु  उहांको पार्थिव शरिरलाई बुझ्न
आजै काठमाडौं आई पुग्नु भएको छ ।  गत आईतबारको आकष्मिक बैठकमा भएको सोधखोज अनुसार आगामी मंगलबार सम्मा नेपाल पठाउन सकिने सम्भावनालाई सुचना बनाईए पनि जति सक्दो छिटो नेपाल पठाउन गरिएको प्रयासले आज बिहिबार नै सम्भव भएको हो ।  त्यस्तै यसै हप्ताको १२ तारिख आईतबारको दिन म्याग्दी समाज समिति दक्षिण कोरिया र नेपाल मगर संघ दक्षिण कोरियाको संयुक्त आयोजनामा स्वर्गिय बिरु रोकाज्युको सम्झनामा  शोक सभाको आयोजना गरिने भएको छ । राजधानी सउलको सदेमुन स्थित एम टि युको सभा हलमा आयोजना गरिने उक्त शोक सभामा सम्पूर्ण शुभ चिन्तक प्रवासी दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित हुन नेपाल मगर संघ र म्याग्दी समाज समितिको तर्फबाट संयुक्त रुपमा अनुरोध गरिएको छ । स्मरणिय रहोस उहां नेपाल मगर संघ दक्षिण कोरियाका  सल्लाहकार  समेत हुनुहुन्थ्यो ।
स्थान: एम टि युको सभा हल (सदेमुन)
समय: दिनको १२ बजे देखि ।
आयोजक: म्याग्दी समाज समिति तथा नेपाल मगर संघ दक्षिण कोरिया ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP