भुपु अध्यक्ष स्वर्गिय बिरु रोकाज्युको सम्झनामा श्रद्दान्जली सभा सम्पन्न

December 12, 2010

कोरियाली भूमिमा आकष्मिक निधन हुनु भएका स्वर्गिय बिरु रोका ज्युको सम्झनामा आज आईतबार म्याग्दी समाज समिति तथा नेपाल मगर संघ दक्षिण कोरियाको संयुक्त आयोजनामा श्रद्दान्जली सभा सम्पन्न भएको छ । राजधानी सउलको सदेमुन स्थित एम टी युको सभा हलमा सम्पन्न श्रद्दान्जली सभामा कोरियामा कृयाशिल संघ संस्थाका प्रतिनिधिहरु लगायत शूभचिन्तक प्रवासी दाजुभाई र दिदीबहिनीहरु गरि १०० भन्दा बढिको  उपस्थिति
 रहेको थियो । सभामा नेपाल सम्पर्क समिति,एनआरएन,थकाली सेवा समिति,गोरखा परिवार,नेपाल कोरिया ब्यापार संघ,नेपालीजनसम्पर्क समिति,लमजुङ परिवार,पर्वत पर्वासी सेवा  र नेपाल चलचित्र महासंघ,आदिवासी जनजाति महासंघ  कोरियाका अध्यक्षहरु लगायत थुप्रै संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । दिनको २ बजे देखि शोक धुन बजाउंदै औपचारिक रुपमा सुरु गरिएको श्रद्दान्जली सभामा उपस्थित शुभ चिन्तक प्रवासी दाजुभाई तथा दिदी बहिनीहरुले अश्रुधारा का साथ  स्वर्गिय बिरु रोका ज्युको चीर शान्तिको कामना गरे ।

                            

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP