स्वर्गिय बिरु रोका सहयोगार्थ चन्दा संकलन कार्य डिसेम्बरको अन्तिम दिन सम्म मात्र जारी रहने

December 16, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाले भुपु अध्यक्ष स्वर्गिय बिरु रोका सहयोगार्थ चन्दा संकलन कार्य डिसेम्बरको ३१ तारिखको दिन अन्त गरिने भएको छ । आजको दिन  सम्म ८१ जना म्याग्देली र ८२ जना शुभ चिन्तक प्रवासी दाजुभाई तथा दिदी बहिनीहरु गरि कूल १६३ जनाले स्वर्गिय बिरु रोका ज्युको सहयोगार्थ चन्दा प्रदान गरेका छन । आगामी जनवरीको पहिलो हप्ता सम्पूर्ण हरहिसाव गरि पार्थिव शरिरलाई अस्पताल देखि नेपाल पठाउंदा सम्म
 भएको खर्च रकम चुक्ता गरि बांकी सहयोग रकम स्वर्गिय बिरु रोका ज्युको पोखरा स्थित परिवारलाई हस्तान्तरण गरिने छ । साथै स्वर्गिय बिरु रोका ज्यु यस भूमिमा कार्यरत रहंदा सर सापटी स्वरुप रकम लेनदेन गर्नु भएका महानुभावहरुले  यथाशिघ्र छिटो जानाकारी गराई दिनुहुन म्याग्दी समाज समिति दक्षिण कोरिया हार्दिक अनुरोध गर्दछ ।  

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP