सास्कृतिक सौगातका सम्पूर्ण कलाकारहरुको बिबरण भोलि सोमबार सांझ सम्म बाहिर ल्याईने

December 19, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी सलनालको पहिलो दिन अर्थात फेब्रुअरी २ तारिख आयोजना गर्न लागेको सास्कृतिक सौगातका सम्पूर्ण कलाकारहरुको बिबरण भोलि सोमबार सांझ सम्म बाहिर ल्याईने भएको छ । सास्कृतिक सौगातमा सहभागि हुन कोरिया आउने चर्चित कलाकारहरुको सम्पुर्ण तयारी बिगत २ हप्ता अगाडि भईसकेको भएता पनि म्याग्दी समाजका भुपु अध्यक्ष बिरु रोकाज्युको आकष्मिक निधनले सास्कृतिक सौगातका सम्पूर्ण कार्यक्रमहरु स्थगन गरिएको थियो । कार्यक्रमको लागि आबश्यक हलको टुंगो भने यसै हप्ता भित्र निश्चित हुने जानाकारी म्याग्दी समाजका सल्लाहकार तथा एनआरएन अध्यक्ष श्री बिनोद कुंवरले आज बताउनु भएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP