म्याग्देली सांगितिक सौगातको लागि विश्व चर्चित खगेन्द्र थापा मगर सहित छ जना कलाकार कोरिया आउने

December 20, 2010

click here for big size
चर्चित कलाकारहरुको बेजोड प्रस्तुति - फेब्रुअरी २ तारिख
भरत तुलाचन (सचिव म्याग्दी समाज)
म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी सलनालको पहिलो दिन आयोजना गर्न लागेको  सांस्कृतिक सौगातमा सहभागि हुने कलाकारहरुको सम्पूर्ण तयारी पूरा गरेको छ । जस्मा हालै  गिनिज बुकमा संसारकै होचा ब्यक्तीको रुपमा नाम लेखाउन सफल भई बिश्व चर्चित बन्न पुगेका १८ बर्षिय खगेन्द्र थापा मगर सहित सांगितिक क्षेत्रमा  अति चर्चित  थप  पांच जना
कलाकारहरु कोरिया आउने भएका छन । अन्य पांच जना कलाकारहरुमा  हाल स्वदेश तथा बिदेशमा अत्यधिक चर्चामा रहेका  पप-आधुनिक गायक शिव परियार, चर्चित नायिका गरिमा पन्त, लोक,आधुनिक,रिमिक्स गीतका अति लोकप्रिय गायिका अन्जना गुरुङ, नेपाली हांस्य फांटमा अमित छाप पार्न सफल हांस्य कलाकार तथा उद्घघोषिका दिपाश्री निरौला तथा चर्चित लोक दोहोरी गायिका कृष्ण परियार रहेका छन । कोरियाको  महान् पर्व सलनालको पहिलो दिन अर्थात २०११ फेब्रुअरी २ तारिख बुधबारको दिन आयोजना गरिने  उक्त सांगितिक सौगात आयोजना गर्नुको मूल उद्देश्य म्याग्दी जिल्लाको एक मात्र म्याग्दी अस्पतालमा अति आबश्यक आकष्मिक कक्ष (ईमर्जन्सी भवन ) निर्माण गर्नु रहेको छ ।
म्याग्दी समाजका भुपु अध्यक्ष स्वर्गिय बिरु रोका ज्युको आकष्मिक निधनले हामीलाई स्तब्ध बनाईरहेको यस दुखद घडीमा समेत सांगितिक सौगातको आयोजना गर्नै पर्ने बाध्यता म्याग्दी समाजलाई आईपरेको छ ।  जिल्लाको एक मात्र अस्पताल भवनमा आकष्मिक कक्षको अभाव खड्किरहेको परिप्रेक्षमा बिगत बर्षहरु देखि नै  म्याग्दी समाज समिति दक्षिण कोरियाको तर्फबाट म्याग्दी अस्पताल परिसरमा नेरु १२ लाख सम्ममा आकष्मिक कक्षको  निर्माण गरि सहयोग गर्ने बचन बद्दता गरिए अनुरुप भुपु अध्यक्ष स्वर्गिय बिरु रोका ज्युको सल्लाह मुताबिक अर्थ संकलनको सम्भावित बिभिन्न माध्यमहरुलाई समेटिएको थियो । जस मध्यको   कोरियाको महान् पर्वहरु सलनाल र छुसकका कुनै पर्वमा  नेपालबाट चर्चित कलाकारहरु ल्याई बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरि मुनाफा हुन आएमा आकष्मिक कक्षको  निर्माणमा खर्च गर्ने रहेको थियो । जस अनुरुप म्याग्दी समाजले आगामी सलनालमा कार्यक्रम गर्न पाउने निश्चित समेत भयो । तर... आयोजनाको तयारी पश्चातको ३ हप्ता  नबित्दै बरिष्ठ सल्लाहकार तथा भुपु अध्यक्ष बिरु रोका ज्युको आकष्मिक निधन संगै  समाजका अन्य सकृय ३ जना सदस्यहरुलाई कोरियाली प्रहरीले स्वदेश फिर्ता गरि दियो । यस्तो दयनिय स्थितिमा समेत समाज सेवा संगै  प्रवासी जीवन बिताउनु भएका स्वर्गिय बिरु रोका ज्युको सपना र म्याग्दी समाज र कोरियामा रहेका म्याग्देलीहरुको बचनबद्दतालाई पूरा गर्न यस सांगितिक सौगातको आयोजनालाई सकृय रुप दिने जमर्को गरेका छौ । तसर्थ कोरियाली भूमिमा रहेका सम्पूर्ण संघ संस्थाहरु,ब्यापारी,बुद्दीजीवी ,बिधार्थी लगायत प्रवासी दाजुभाई तथा दिदी बहिनीहरुले म्याग्देलीहरुको सलनालको सांगितिक सौगातलाई भरपूर सहयोग गरि सफल पारि दिनु हुन म्याग्दी समाज समिति दक्षिण कोरिया बिनम्र अनुरोध गर्दछ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP