१ तारिख शनिबार म्याग्देली बृहत भेलाको आयोजना गरिने,

December 30, 2010

कोरियाको महान् पर्व आगामी सलनालको पहिलो दिन अर्थात फेब्रुरी २ तारिख बुधबार म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गर्न गईरहेको म्याग्देली सांस्कृतिक सौगात आयोजनाको तयारी लगायत प्रचार प्रसार र बिबिध बिषयहरुमाथि छलफल गर्न कोरियामा कार्यरत म्याग्देली बृहत भेलाको आयोजना गर्न गईरहेको छ । हाल कार्यक्रमको लागि पोष्टर,टिकट,चिठीपत्र लगायतका सम्पूर्ण सामाग्रीहरु तयारी अबस्थामा रहेकोले १ तारिख
बृहत भेला मार्फत बिक्री बितरणको लागि बांडफाड गरिने कुरा म्याग्दी समाजका अध्यक्ष नर बहादुर पुनले बताउनु भएको छ । राजधानी सउलको तोङदेमुन स्थित नमस्ते रेष्टुरेण्टमा आयोजना गरिने उक्त बृहत भेलामा उपस्थित हुन  कोरियामा कार्यरत सम्पूर्ण म्याग्देलीहरुलाई हार्दिक अनुरोध गरिएको छ ।
स्थान- नमस्ते रेष्टुरेण्ट तोङदेमुन
समय- दिनको १२ बजे ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP