हिजो १ तारिख म्याग्देली बृहत भेला सम्पन्न,उत्साही म्याग्देलीहरुको उल्यख्य उपस्थिति

January 2, 2011

म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गर्न लागेको म्याग्देली सांगितिक सौगातको तयारी सम्बन्धमा बिशेस छलफल गर्नको लागि हिजो १तारिख आयोजना गरिएको म्याग्देली बृहत भेलामा उल्यख्य उत्साही म्याग्देलीहरुको उपस्थिति भएको छ । राजधानी सउलको तोङदेमुन स्थित नमस्ते रेष्टुरेण्टमा आयोजना गरिएको बृहतभेलाको अध्यक्षता समाका अध्यक्ष नर बहादुर पुनले गर्नु भएको थियो । हिजोको भेलाले आगामी कार्यक्रमलाई
सफल पार्न खेल्नु पर्ने भूमिका लगायत बिबिध बिषयहरु माथि छलफल गरेको छ । हिजोको भेलाबाटै कोरियामा कृयाशिल संघ संस्थाहरु लगायत ब्यापार ब्यबसायीहरुलाई निमन्त्रणा सहितका चिठी पत्रहरु बितरण कार्य शुरु गरेको छ ।


  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP