अध्यागमणमा बुझाई दिएका ३ जना म्याग्देलीहरु भोलि मंगलबार सांझ फ्लाईट हुने

December 6, 2010

भुपु अध्यक्ष स्वर्गिय बिरु रोका संगै कार्यरत तथा कम्पनीको कोठामा संगै बस्ने म्याग्दी समाजका सल्लाहकार चिन बुदुजा, अर्का सल्लाहकार फक्त पुर्जा र म्याग्दी समाज टीमका भलिबल खेलाडी दल पुर्जालाई उक्त भाव बिह्हल घटनामा साधारण सोधपूछ पछि  आईतबारै तिनै जनालाई प्रहरीले अध्यागमणमा बुझाई दिए पछि  भोलि मंगलबार सांझ
 नेपाल जानको लागि फ्लाईट तयार भएको छ । सम्भवत उहांहरु बुधबार नेपाल पुग्नु हुने छ । कोरियाली प्रहरीले यस्तो घटनामा हाल सम्म कहिल्यै पनि अध्यागमणमा बुझाएको रेकर्ड थिएन । एनआरएन कोरियाका अध्यक्ष बिनोद कुवरले  उक्त घटनामा कार्यरत छुन्छन प्रहरी पोष्टमा फोन गरि अध्यागमणमा पठाउनुको कारण सोध्दा माथिको आदेश भनेर आलटाले प्रतिकृया दिएको जानाकारीमा आएको छ । कोरियाली सरकारको यो मानवअधिकार बिरुद्द र दुखद घटनाको बेला  गरिएको यस्तो कार्यवाहीको जति नै घोर भर्तशना गरेपनि कमि होला ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP