२३ तारिख आईतबार म्याग्देली महाभेलाको आयोजना गरिने

January 10, 2011

कोरियाको महान् पर्व आगामी सलनालको पहिलो दिन अर्थात फेब्रुरी २ तारिख बुधबारको दिन  म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गर्न गईरहेको म्याग्देली सांस्कृतिक सौगात आयोजनाको कार्य बिभाजन र कार्यक्रमको अन्तिम तयारी गर्न म्याग्दी समाज समिति दक्षिण कोरियाले यसै महिनाको २३ तारिख आईतबारको दिन म्याग्देली महाभेलाको आयोजना गर्ने भएको छ ।  More..
 हिजो आईतबार राजधानी सउलको छोङगाकमा बसेको कार्य समितिको बैठकले  ३० तारिख आईतबारमा प्राय: सबै कम्पनीहरुले बिदा नदिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै २३ तारिख आईतबार नै महाभेलाको आयोजना गर्ने निर्णय गरेको हो । 
यसै सूचनालाई आधार मानि कोरियामा रहेका सम्पूर्ण म्याग्देलीहरुलाई महाभेलामा अनिबार्य उपस्थित हुन आग्रह गरिएको छ । तर कार्य समितिको बैठक भने क्रमश: १६ र ३० तारिख समेत बस्ने छ । स्मरणिय रहोस, यसै महिनाको गत १ तारिख समेत म्याग्देली बृहत भेलाको आयोजना गरि सकिएको छ । १ तारिखको बृहत भेलाले चिठठी पत्र ,कार्यक्रमको प्रचार प्रसार लगायतका पहिलो चरणको तयारी समापन गरेको थियो । अब हुने महाभेलामा कार्यक्रम ब्यबस्थापन तर्फ जिम्मेवारी प्रदान र कार्यक्रमको अन्तिम तयारी गरिने छ ।
महाभेला हुने  स्थान: तोङदेमुन शहर स्थित नमस्ते रेष्टुरेण्ट ।
समय : दिनको १ बजे ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP