२० डिग्री चिसोको त्यो कठ्याङरिने जाडोमा समेत तात्दै छ म्याग्देली माहोल

January 16, 2011

भरत तुलाचन
आज आईतबार कोरियाली भूमिको २० डिग्री चिसोको त्यो कठ्याङरिने जाडोमा पनि आगामी फेब्रुरी महिनाको २ तारिखमा आयोजना गर्न लागिएको म्याग्देली सांगितिक सौगातको माहोल तात्दै गईरहेको छ । कोरियाको महान पर्व सलनाल नजिकिदै गर्दा आज राजधानी सउलको तोङदेमुनको  हरेक रेष्टुरेण्ट र गल्ली गल्लीहरुमा म्याग्दी समाजले आयोजना गर्न लागेको म्याग्देली सांगितिक सौगात र बिश्व चर्चित खगेन्द्र थापा मगरको Read More......
 बारेमा नेपालीहरुले गरेको चर्चा परिचर्चाले म्याग्देली माहोल थप तात्दै गरेको कुरामा सहजै अनुमान लगाउन यस पंतिकारलाई खासै गाह्रो भएन  । कार्यक्रमलाई सफल पार्न म्याग्देलीहरु खाई नखाई लागि परेका छन । कार्यक्रमको लागि आबश्यक तयारीहरु निरन्तर अगाडी बढिरेका छन । आगामी हप्ता अर्थात २३ तारिख आईतबार म्याग्देली महाभेलाको आयोजना गरिंदैछ । उक्त महाभेलामा कम्तिमा पनि  कोरियामा रहेका म्याग्देली मध्य ८० % उपस्थिति हुन सक्ने संकेत छ । उता टिकट बिक्रीबितरणमा पनि म्याग्देलीहरु जोडडार खतिरेका छन । जे होस नेपालीहरुको आफनै गांऊ जस्तै मानिने राजधानी सउलको तोङदेमुन शहरमा म्याग्देली माहोल तात्दै छ , मानौं तोङदेमुन शहर र कोरियाली भूमिलाई म्याग्दीमय बनाउन तल्लिन भईरहेका छन कोरियामा रहेका म्याग्देलीहरु....................

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP