म्याग्दी समाजका अध्यक्ष अस्पतालमा,लामो समय अस्पताल बस्नु पर्ने सम्भावना

April 15, 2011

म्याग्दी समाज समिति दक्षिण कोरियाका अध्यक्ष नर बहादुर पुन आकष्मिक रुपमा ईन्छन स्थित एक अस्पतालमा भर्ना हुनु भएको छ । आज सांझ थसेस अध्यक्ष भक्त सेरचनले दिनु भएको जानाकारी अनुसार दिंउसो कम्पनीमा कामकै सिलसिलामा दुर्घटनामा पर्नु भएकोले आकष्मिक रुपमा अस्पतालमा भर्ना हुनु परेको हो ।  घटनाको बारेमा  पूर्ण जानाकारी प्राप्त हुन नसकेता पनि कुम र टाउकोको बिचमा रहेको हड्डी फुटेको थाहा भएको छ । ईन्छन शहर स्थित एक मासु कम्पनीमा कार्यरत उहां आज दिउंसो दुर्घटनामा पर्नु भएको हो । थप जानाकारी र असपतालको बारेमा थप जानाकारी राखदै जाने छु हेर्दै गर्न होला म्याग्दी समाज कोरिया ब्लग...........

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP