जुन ५ तारिख आईतबार आयोजना गरिने म्याग्दी रनिङ कप २०११ को तयारी द्रुत गतिमा हुंदै

May 16, 2011

म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी जुन ५ तारिख आईतबारको दिनमा आयोजना गर्न लागेको प्रतिष्प्रर्धात्मक भलिबल खेल म्याग्दी रनिङ कप २०११ को तयारी द्रुत गतिमा हुंदै गरेको  छ ।  प्रतियोगितामा सहभागिता जनाउन कोरियामा रहेका क्रियाशील संघ संस्थाहरुलाई पत्राचार गरि सकिएको छ । उक्त प्रतियोगिताको लागि आबश्यक खेल टाईशीटको लागि यसै महिनाको २९ तारिख आईतबार गोलाप्रथाको मिति तय गरिएको छ । प्रतियोगितामा आकर्षक पुरस्कार सहितको भाग्यशाली चिट्ठाको समेत ब्यबस्था गरिनुको साथै आयोजकको तर्फबाट सेलरोटी लगायतका मिष्ठान्न परिकारहरु बेचबिखन गरिने छ । म्याग्दी रनिङ कपको गत साल बिजेता बाग्लुङ टीमले म्याग्दी कपलाई सदाको लागि पोल्टामा पार्ने हो वा अन्य नयां टीमले खोस्ने हो प्रतिक्षाको बिषय भएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP