एक जना म्याग्देलीको धन्नै ज्यान गएन, तीन दिन आईसियुमा राखे पश्चात हाल खतरा मुक्त

May 22, 2011

म्याग्दी जिल्ला मल्कबाङबाट करिब १० बर्ष अगाडी कोरिया भित्रिनु भएका पुर्ण बहादुर छन्त्याल एक कन्सट्रकशन कम्पनीको बिलडिङ बनाउंदै गर्दा दुर्घटना हुन पुगि हाल अस्पताल भर्ना हुनु भएको छ । निर्माधिन बिलडिङको १ टल्ला माथिबाट तल कंक्रिटमा बज्रिन पुगेपछि उहां बेहोश हुनु भएको थियो । थप बिबरण
 शरीरको बिभिन्न भागमा गहिरो चोट लागि बेहोश बनेका  छन्त्याललाई ३ दिन अस्पतालको आईसियु (जहां बिरामीको अन्तिम अबस्थामा राख्ने गरिन्छ ) मा राखिएको थियो । हाल बिरामीको अबस्था खतरा मुक्त भएको र    अस्पतालको साधारण बेडमा सारिएको कुरा म्याग्दी समाजका कोषाध्यक्ष रत्न छन्त्यालले बताउनु भएको छ । क्योङगिडो किम्पो स्थित उरी अस्पतालमा रहेका बिरामी पुर्ण बहादुर छन्त्याललाई भेट्न जानु चाहानुहुने महानुभावहरुले  तलको टेगाना प्रयोग गर्न सक्नु हुने छ ।
अस्पताल: किम्पो उरी अस्पताल (चौठो तल्लाको 404 नम्बरको रुम)
ठेगाना: kyonggido Kimpo si  Kalphodong 389-15
फोन नम्बर: 031-999-1000
अस्पताल जाने तरिका : योङडम्फू श्टेशनबाट 60-3 को बस प्रयोग गरि चिक्याङ बस टर्मिनलमा झर्ने । टर्मिनलबाट सिधा अगाडी 5 मिनेट हिंदेर अस्पताल पुग्न सकिन्छ ।




  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP