खेल टाईशीट ठूलोमा हेर्न टाईशीट स्क्रिनमा क्लिक गर्नुहोस
भरत तुलाचन ,सउल कोरिया
म्याग्दी समाज समिति दक्षिण कोरियाले जुन महिनाको ५ तारिख आईतबार अर्थात आगामी हप्ताको आईतबार आयोजना गर्न लागेको प्रतिष्प्रर्धात्मक भलिबल खेल म्याग्दी रनिङ कप २०११ को खेल टाईशीट सहभागी टीमका एक एक जना प्रतिनिधिहरुको उपस्थितिमा गोलाप्रथा माध्यमबट तयार गरेको छ । आज राजधानी सउलको सदेमुन स्थित एम टी यु को कार्यालयमा तयार गरिएको उक्त टाईशीट अनुसार म्याग्दी समाज समिति दक्षिण कोरियाको ए र बी गरि १५ टीमले सहभागिता जनाएका छन । टाईशीटमा म्याग्दी समाज बी टीमलाई पहिलो खेल खेल्नको लागि १ नम्बर प्रदान गर्दै अन्य १४ टीमले गोला ताने पनि म्याग्दी समाज ए टीमलाई दुई नम्बर परे पछि आयोजनाको पहिलो खेल म्याग्दी समाज ए र म्याग्दी समाज बी बिच प्रतिष्प्रर्धा हुने भएको छ त्यस्तै, दोश्रो खेल स्याङजा परिवार ए र नेपाल मगर संघको बिच कडा प्रतिष्प्रर्धा हुने छ । जुन ५ तारिख बिहान ठीक १० बजे देखि शुरु हुने यस आयोजनामा समयाभावको कारण हरेक प्रतिष्प्रर्धामा खेल समापन पश्चातको १५ मिनेट समय दिईने छ, तर उक्त समयमा प्रतिष्प्रर्धी मध्यका एक टीम खेल मैदानमा अनुपस्थित रहेमा सिधै खेल मैदानमा उपस्थित रहेको टीमलाई बिजयी बनाईने छ । यस आयोजनामा एम्पायरको लागि म्याग्दी समाज टीमबाट रवी मल्ल र नेपाल भलिबल संघको तर्फबाट नेपालबाटै एम्पायरको लाईसेन्स प्राप्त केश भक्त गुरुङले आयोजनाका सम्पूर्ण सेटहरुमा पहिलो मध्यष्थकर्ताको भूमिका निभाउनु हुने छ ।