म्याग्दी रनिङ कप २०११ मा गुल्मी टीम बिजयी

June 5, 2011


btulachan seoul korea
म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको प्रतिष्प्रर्धात्मक भलिबल खेल म्याग्दी रनिङ कप २०११ लाई गुल्मी सम्पर्क समितिले आफ्नो पो्ल्टामा पार्न सफल भएको छ । प्रतियोगिताको फाईनल खेलमा  पर्बत प्रवासी सेवा समाज संगको कडा प्रतिष्प्रर्धा संगै गुल्मी सम्पर्क समितिले २-१ को अन्तरले बिजय हांशिल गर्दै म्याग्दी कपलाई आफ्नो पो्ल्टामा पार्न सफल भएको हो । १५ टीमले सहभागिता जनाएको यस प्रतियोगितामा तेश्रो स्थानको लागि भएको गोला नतिजा अनुसार तनहुं प्रवासी उद्दार समितिले नेपाल मगर संघलाई पछि पार्दै तेश्रो स्थान प्राप्त गर्न सफल भएको छ गत सालको  म्याग्दी रनिङ कप बिजयी बाग्लुङ टीम लगायत दाबेदार मानिएका अन्य टीमहरु  पहिलो र दोश्रो चरणबाटै बाहिरिन पुगेका थिए ।  म्याग्दी रनिङ कप २०११ मा गुल्मी टीमका सुजन श्रेष्ठलाई उत्कृष्ट खेलाडी घोषणा गर्दै नगद पुरस्कार र प्रमाण पत्र बितरण गरिएको थियो । करिव ३ सयजना भलिबल फ्यानहरुको उपस्थित रहेको उक्त प्रतियोगितामा आयोजकको तर्फबाट सेलरोटी लगायतका मिष्ठान्न परिकारहरुको बिक्री बितरण गर्नुको साथै चुट्के र झ्याउरे भाकाका ठेट नेपाली गीतहरुले गुन्जायमान हलमा मनोरन्जन लिंदै प्रतिष्प्रर्धात्मक भलिबल खेलको अवलोकन गरेका थिए  ।


म्याग्दी रनिङ कप २०११ बिजयी गुल्मी टीम



  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP