
ईन्छन इन्ज्वय एशिया भलिबल कपमा नेपाली टीमको बिजयी म्याग्दीका भबिन्द्र पुनलाई उत्कृष्ट खेलाडी घोषणा
June 15, 2011
ईन्छन शहरमा रहेका बिदेशी मजदूर गृहहरुको संयुक्त आयोजनामा सम्पन्न ईन्छन इन्ज्वय एशिया फेस्टिबलमा भलिबल खेल तर्फ नेपाल टीमले बिजयीहांशिल गरेको छ । फेस्टिबलमा भलिबल लगायत फुटबल,बास्केटबल लगायतका अन्य थुप्रै खेलहरु समाबेश गरिएका थिए । ईन्छन शहर स्थित ब्यमुल्फो कलेजको हातामा सम्पन्न भएको खेल मध्य भलिबल तर्फ नेपाल ए ,नेपाल बी , म्यानमार, भियतनाम, ईन्डोनेशिया, मंगोल, उज्वेकिस्टान र थाईल्यान्ड गरि ८ टीमले सहभागिता जनाएका थिए । जस्मा नेपाल ए प्रथम, ईन्डोनेशिया द्दितिय र भियतनामलाई तृतिय स्थान प्राप्त भएको थियो । प्रतियोगितामा करिदास सेल्टरले नेपाली टीमको नेतृत्व गरेको थियो । लिक सिष्टमबाट खेलाइएको उक्त भलिबल खेल प्रतियोगितामा आयोजकले नेपाल ए का भबिन्द्र पुनलाई उत्कृष्ट खेलाडी घोषणा गर्दै नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरेको थियो । साथै प्रथम, द्दितिय र तितृय हुने टीमलाई मेडल , प्रमाण पत्र र आकर्षक पुरस्कारको ब्यबस्था गरिएको थियो ।
