आंधिखोला दशै रनिङ कप भलिबल खेलमा म्याग्दी समाज वाईमा

September 18, 2011

स्याङजा परिवार दक्षिण कोरियाले आगामी हप्ता सेप्टेम्बर २५ तारिख आईतबार आयोजना गर्न लागेको आंधिखोला दशै रनिङ कप भलिबल खेल  प्रतियोगितामा म्याग्दी समाज वाईमा पर्दै सिधै क्वाटर फाईनल खेलको लागि छनोट भएको छ । राजधानी सउलको तोङदेमुन स्थित फेवा रेष्टुरेण्टमा आयोजित प्रतियोगिताको टाईशीट तयार कार्यक्रम मार्फत गरिएको गोला प्रथा माध्यम बाट सिधै क्वाटर फाईनल खेलको लागि छनोट भएको हो । १० टीमले सहभागिता जनाएको उक्त प्रतियोगितामा म्याग्दी समाज समिति प्रतियोगिताको छैठौं खेल खेल्ने छ । उक्त  प्रतियोगितामा सुदुर पश्चिम र तनहुं मध्यको बिजयी टीमलाई पछाडी पार्न सके सेमिफाईनल खेलमा गुल्मी र बाग्लुङ बिचको बिजयी टीम संग फाईनलको लागि भिड्नु पर्ने छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP