म्याग्दीको बाबियाचौरबाट दरबाङ तर्फजादै गरेको मिनीबस दुर्घटना, १३ जनाको मृत्यु

September 18, 2011

म्याग्दी न्युज लेख्छ,
म्याग्दीको बाबियाचौरबाट दरबाङ तर्फजादै गरेको मिनीबस बाबियाचौर र दरबाङको बिचमा पर्ने बाबियाचौर ८ रणबाङको उकालोमा आज दुर्घटना हुदाँ १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना र्घाईते भएका छन । ग १ ख २७०४ नम्बरको मिनीबस आज दिउसो दुर्घटना हुदाँ ७ जनाको घटनास्थलमै र अन्य ६ जनाको स्थानीय स्वास्थ्य संस्था र जिल्ला अस्पताल बेनीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
दुर्घटनामा मृत्युहुनेहरुमा बसका सहचालक म्याग्दी पुलाचौरका रुपेश नेपाली, म्याग्दी ताकममा मुकुन्द सुबेदी,पुलाचौरका पुर्ण बहादुर छन्त्याल,बरङजाका र्सुय छन्त्याल,म्याग्दी तातोपानीकी २१ बषिर्य तारा खत्री उनकी तिन महिनाकी छोरी प्रतिज्ञा खत्री,बाबियाचौर ८ का अशोक भण्डारी,तारा भण्डारी,म्याग्दी चिउरीबाटेका काले दमाईको मात्र सनाखत भएको छ ।
 र्घाईते हुनेहरुमा हेमलाल न्यौपाने,खहरे फगामी,खिमबहादुर बिक,देबि शर्मा र एक नाम खुल्न नसकेका भरिया रहेका छन । दुर्घटनामा गम्भिर र्घाईते ६ जनाको म्याग्दी अस्पताल बेनीमा उपचार भैरहेको छ । घटनाको उद्धारका लागि बाबियाचौर र दरबाङ प्रहरी चौकिबाट प्रहरी घटनास्थल पुगेको थियो । बस सडकबाट करिव तिनसय मिटर म्याग्दी खोलामा खसेको छ । पहिरोले गर्दा बाटो साघुरो भएकोले बस चिप्लिएको सकुशल रहेका चालकले प्रहरीसँगको बयानमा बताएका छन । सो मिनिबसमा चालक सहित २१ जना यात्रुहरु रहेको प्रहरीले जनाएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP