रणबाङमा भएको बस दुर्घटनाका मृत्यु र घाईते भएका सबैको पहिचान,

September 20, 2011

म्याग्दी न्युजबाट,
म्याग्दीको बाबियाचौरमा आईतबार दिउँसो बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने ७ जना र्घाईते भएका छन । बाबियाचौर ५ लाम्पाटादेखि दरवाङ जाँदै गरेको ग १ ख २७०४ नम्बरको बस बाबियाचौर ८ रणबाङ स्थित खहरेखोलाको उकालोमा दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक महेन्द्र बि.कका अनुसार ताकम ४ निवासी जगन्नाथ प्राबि हिलापोखरीका प्रअ मुकुन्द सुवेदी, ओखरबोट गाविस चिउरीबोटका काले दमाई, गाडीका सहयोगी पुलाचौरका रुपेश नेपाली, बरङ्जाका पूर्ण बहादुर छन्त्याल र र्सुय छन्त्यालको घटनास्थलमै मृत्यु भएको छ । त्यसैगरी मुना स्थित धनपाण्डे माविका शिक्षक तुलबहादुर पुन -दिपेश), सिङ्गा तातोपानीकी तारा खत्री -सारदा) र उनका ६ महिनाकी छोरी, रुमका टिका रर्साईली र उनका २ वर्षा छोरा प्रभात रर्साईली तथा मुदी ८ केचुङ्गका लिलबहादुर र्घर्ति रहेका प्रहरीले जनाएको छ । यसैगरी बाबियौर ८ रणबाङका अशोक भण्डारी र उनकी सानीमाकी छोरी बेल्डिया १ नवलपरासीकी तारा केसीको जिल्ला अस्पताल म्याग्दीमा उपचारका क्रममा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको छ । दिउँसो ३ बजे जिल्ला अस्पतालमा ल्याई पुर्‍याईएको उनीहरुलाई डाक्टरले मृत घोषणा गरेका थिए ।
 बाबियाचौरका देव्रि्रसाद शर्मा, देविस्थानका खरबहादुर फगामी, बिमका भिमनाथ न्यौपाने, रुमका रितबहादुर खाती, इटहरीका लक्ष्मण लामिछाने, म्याग्दी सिङ्गाका दिपक पौडेल (ग्वाके) र अर्मनकी सुस्मा फगामी र्घाईते भएकी छन् । र्घाईते सबैलाई जिल्ला अस्पताल बेनीमा सामान्य उपचार गरि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ । दिउँसो पौने एक बजेदुर्घटना भएको बस उकालो र साँघुरो सडकबाट करिब १ सय मिटर खसेको घटनास्थल पुगेका म्याग्दी जिप तथा बस सञ्चालक समितिका सचिव सुमन श्रेष्ठले बताउनुभयो । प्रहरी, यातायात व्यवसायी, रेडक्रसकर्मी र स्थानीयबासीले मृतक तथा र्घाईतेको उद्धार गरेका थिए । गाडी मालीक समेत रहेका चालक रंगीला भनिने पुलाचौरका टेकबहादुर सुनार प्रहरी नियन्त्रणमा रहेका छन् । बसमा चालक सहित २२ जना सवार थिए । १ जना यात्रु रुमकी कमला बिक भने सकुसल रहेकी छन् । बेनी दरवाङ सडक खण्ड अन्तरगत पर्ने डम्मरामा २ वर्षघि भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको थियो । १ वर्षता म्याग्दीमा भएको सडक दुर्घटनामा करिब ४० जनाको मृत्यु भएको छ । म्याग्दीमा कच्ची सडकको विस्तारसँगै दुर्घटना बढेको छ ।




  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP