शुभकामना आदान प्रदान कार्यक्रम दुर्गा रेष्टुरेण्टमा केहि समय पश्चात शुरु हुंदै

October 1, 2011

महान पर्व शुभ बिजया दशमी २०६८ को सुखब उपलक्ष्यमा म्याग्दी समाज समिति दक्षिण कोरियाको आयोजनामा  शुभकामना आदान प्रदान कार्यक्रम  औपचारिक रुपमा  केहि समय पश्चात शुरु हुंदै छ । कोरियामा रहेका सम्पूर्ण म्याग्देलीहरुलाई कार्यक्रममा सहभागि हुन अनुरोध गर्दै  सु सुचित बनाई सकिएको छ । राजधानी सउलको चोङगाक स्थित  दुर्गा रेष्टुरेण्टमा सुरु हुन लागेको म्याग्देली बिचको शुभकामना आदान प्रदान कार्यक्रमलाई दुई भागमा बिभाजन गरिएको छ । औपचारिक रुपमा सुरु गरिने पहिलो चरणको कार्यक्रमको समापन पश्चात दोश्रो चरणमा रात्री भोजको साथै नाचगानका साथ  भरपूर मनोरन्जन दिलाउने तयारी भई रहेको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP