कोरियामा म्याग्देलीहरुले दशै भब्य रुपमा मनाए

October 3, 2011

महान पर्व शुभ बिजया दशमी २०६८ को सुखद उपलक्ष्यमा म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको  शुभकामना आदान प्रदान कार्यक्रम गत १ तारिख शनिबार सांझ राजधानी सउलको चोङगाक स्थित दुर्गा रेष्टुरेण्टमा भब्य रुपमा सम्पन्न भएको छ । म्याग्दी समाजका अध्यक्ष नर बहादुर पुनको सभापतित्व र समाजका सल्लाहकार द्दय भक्त सेरचन र बिनोद कुंवर , म्याग्दी समाज खेलकूद अध्यक्ष र उपाध्यक्ष क्रमश: झलक आचार्य र मुक्तमान केशीको  बिशेष आतिथ्यमा सम्पन्न  कार्यक्रममा उपस्थित महानुभावहरुलाई समाजका उपाध्यक्ष नारायण बरुवालले स्वागत गर्नु भएको थियो भने  सहसचिव बाबुराम शर्माले समाजको बिगत समाजको बर्तमान स्थिति र भावि योजनाको बारेमा जानाकारी दिनु भयो । Read More...
सचिव भरत तुलाचनको संचालन रहेको पहिलो चरणको कार्यक्रममा बिभिन्न बक्ताहरुले  शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको दोश्रो चरणमा रात्री भोज र नाचगान सहितको मनोरन्जन पूर्ण माहोल बनेको थियो । कोरियाली भूमिमा कामको  ब्यस्तता संगै थकित म्याग्देलीहरु एकापसमा शुभकामना आदान प्रदान गर्दै राती अबेर सम्म नाचगान सहित भरपूर मनोरन्जन लिए ।





  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP