रणबाङ घटनाको हप्ता दश दिन नबित्दै पुन: बाबियाचौरमा गाडी दुर्घटना

October 8, 2011

अस्ति भरखर हो , बावियाचौर ८ रनबाङमा बाबियाचौर देखी दरवाङ जाँदै गरेको ग १ ख २७०४ नम्वरको मिनिवस दुर्घटनामा परि  १३ जनाले ज्यान गुमाएको । परार सालको दशैकै मुखमा रातोढुंगामा गाडी खस्यो पन्ध्र बीस जनाले अकालमा ज्यान गुमाए । फेरी हप्ता दश दिन नबित्दै दुर्घटना ???  उफ् .....ज्यानको बाजी थापेर गाडी चढ्नै पर्ने हो ? कतै अदक्ष कलिला ड्राईभर भाईहरुको लापरबाहीले त गाडी खस्दैन ? कि सडकको हालत नै त्यस्तै हो ?  दुर्घटना हुन नदिन  सडक पक्की नै हुनु पर्छ भन्ने छ र ? किन आबश्यक खोजिको पहल गरिदैन हं ?  More..,
 बेनी अनलाईन लेख्छ-
पश्चिम म्याग्दीको बावियाचौरबाट सदरमुकाम बेनीतर्फआउँदै गरेका ना ३ ख ४३८० नंवरको माइक्रोबस बावियाचौर-५ मा चिप्लिएर दुर्घटना हुदाँ चालक सहित ११ जना यात्रु र्घाईते भएका छन । भिरालो सडकसंगै १२ महिना चिप्लो हुने सडकका कारण गाडीको ब्रेक फेल भएर दुर्घटना भएको चालक कृष्ण जिसीले प्रहरी समक्ष बयान दिएका छन ।
र्घाईते हुनेहरुमा सिंगा ५ कि २७ बषिर्य सोभा खत्री उनकी १२ बषिर्य छोरी सोनी खत्री र १० बषिर्य छोरा सिल्पा खत्री र्,अर्मन ६की ३० बषिर्य खुलदेबी छन्त्याल , मराङ ७ की २६ बषिर्य कोपिला घिमिरे उनका श्रीमान २६ बषिर्य सोमनाथ घिमीरे ,र छोरा ७ बषिर्य अनिल घिमिरे ,मल्कबाङ्ग १ का २० बषिर्य नरेश पुर्जा ,ओखरवोट ८का ३४ बषिर्य सुक वहादुर पटेल र बाग्लुङ गुठी ३ का १३ बषिर्य सैलेन्द्र खड्का रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका सवैको अवस्था सामान्य रहेको र म्याग्दी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 
घटनाको सत्य तथ्य छानविन गर्न म्याग्दी बस तथा जिप संचालक समितिका सचिव सुमन श्रेष्ठको संयोजकत्वमा छानविन समीति गठन भएपनी समीतिले घटनाको अध्ययन प्रतिवेदन र्सार्वजनीक गरेको छैन ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP