म्याग्दी समाज समिति दक्षिण कोरियाको नियमित बैठक सम्पन्न

November 13, 2011

म्याग्दी समाज समिति दक्षिण कोरिया आठौं कार्य समितिको १९ औ नियमित बैठक आज राजधानी सउलको तोङदेमुन स्थित डांडा गाऊंमा सम्पन्न भएको छ । समाजका अध्यक्ष नर बहादुर पुनको अध्यक्षतामा सम्पन्न बैठकमा कार्य समितिका १४ जना सदस्य उपस्थित रहेको थियो । आज बसेको बैठकले दुबै हात गुमाएकी म्याग्देली चेली र ब्रेन ट्युमरको अप्रेशन गरि अस्पताल रहेका मोरङ निवासी बिज्ञान राईको सहयोगार्थ छुट्टाछुट्टै चन्दा संकलन गर्ने निर्णय गरेको छ । साथै बैठकले माईग्रान्त ट्रेड युनियन (MTU) ले पठाएको आर्थिक सहयोगको पत्रानुसार  ५१००० वन सहयोग गर्ने निर्णय गर्नुको साथै म्याग्देली डाता संकलन कार्यलाई अन्तिम रुप दिएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP