दुबै हात गुमाएकी म्याग्देली चेलीको सहयोगार्थ चन्दा संकलन कार्यलाई तिब्र पारिने

November 13, 2011

कम्पनी दुर्घटनामा परि दुबै हातको हत्केला गुमाउन पुगेकी म्याग्दी जिल्ला कुंहु गाबिसकी २३ बर्षिय लिला रामजालीको आर्थिक सहयोगार्थ म्याग्दी समाज समिति दक्षिण कोरियाले चन्दा संकलन कार्यलाई तिब्रताका साथ अगाडी बढाउने  निर्णय गरएको छ ।  निर्णयानुसार कोरियामा रहेका हरेक म्याग्देलीहरुलाई प्रति ब्यक्ति न्युनतम बीस हजार ओनको दरले अनिबार्य रुपमा सहयोग स्वरुप उठाउने  छ । अस्पताल खर्च लगायतका सम्पूर्ण रकम कम्पनी मालिकले बेहोर्ने भएता पनि प्रवासी भूमिमा एक जना म्याग्देली चेलीलाई परेको यस दुखद परिस्थितिमा कोरियामा रहेका सम्पूर्ण म्याग्देलीहरु एक भई सहयोग गर्नु पर्ने निर्क्योल निकाल्दै समाजले अनिबार्य चन्दा संकलन गर्ने निर्णय गरेको हो ।  कोरियामा रहेका सम्पूर्ण म्याग्देलीहरु तथा ईच्छुक प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई यस पुण्य कार्यमा सहभागि भई आफू सक्दो सहयोग गर्नु हुन म्याग्दी समाज समिति दक्षिण कोरिया हार्दिक अनुरोध गर्दछ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP