सिर्फ तीन रति सुनको लागि अबोध नानीको ज्यान लिने राक्षसी अनुहार हेर्नुस

November 17, 2011

बालकले कानमा लगाएको तिन रती सुनको मुन्द्राको लोभमा म्याग्दीको सिंगा गाविसमा केहि महिनादेखि बस्दै आएका एक व्यक्तिले स्थानीय ६ वर्षिय बालकको अपहरण पश्चात म्याग्दी खोलामा ज्यूँदै फालेर हत्या गरेको छ । बाग्लुङ भई चार महिना अगाडी देखि सिंगा गाविसको तातोपानी बजारमा सुनचाँदीको काम गर्दै आइरहेको १९ वर्षिय सुबास कुमार बिकले कुहुं गाविस–४ बस्ने टकदेबी फगामीका ६ वर्षिय छोरा निकेस फगामीको अपहरण गरि ज्यूँदै म्याग्दी खोलामा फालेको हो । बालकका आफन्तका अनुसार बिकले एक हप्ता अगाडी बालकलाई औंठी बनाइदिने र बेनीबजार घुम्न लैजाने लोभ देखाएका थियो ।


त्यसको दुई दिनपछि बालकसंग पाँच रुपैयाँ लिएर तामाको औंठी बनाएर समेत लगाइ दिएको र  औंठी लगाइदिएको एक दिनपछि बालक हराएकोले सोधखोज गर्दा बिकले नै अपहरण गरेको खुल्न आएपछि आफन्तहरु आश्चार्यमा परेका थिए  बालककी ठुलीआमा हिरा थापाका अनुसार बिकले बिगतमा पनि स्थानीय केहि बालबालिकाहरुलाई फकाइफुल्याई कानमा लगाएका मुन्द्रा तथा सुनका गरगहनाहरु लुट्ने गरेको थियो । यसपाली भएको घटनामा आफ्नै संलग्नता रहेको बिकले बताइसकेको उनले जानकारी दिइन् ।बालककि हजुरआमा होमकुमारी घर्तीमगरले दिएको ठाडो उजुरीका आधारमा प्रहरीले बिकलाई पक्राउ गरेको छ । यद्यपी घटनाका बारेमा छानविन भइरहेकोले आरोपि बिकका बारेमा प्रतिकृया लिन र तस्विर लिन समेत प्रहरीले दिएको छैन ।बिकले प्रारम्भिक बयानमा बालकलाई आफ्नो नियन्त्रणमा लिएर सिंगा गाविसमा रहेको धौलागिरि माध्यमिक विद्यालय नजिकै रहेको झोलुङ्गे पुलबाट म्याग्दी खोलामा फालिदिएको बताइसकेको छ ।प्रहरी नायव उपरिक्षक दिनेसकुमार आचार्यले घटनाका बारेमा छानविन भइरहेको र आरोपी प्रहरीको नियन्त्रणमा आइसकेकोले भोली (मंगलबार) सम्म सबै कुरा सार्वजनिक गर्ने अनौपचारिक जानकारी दिएका छन् ।यता बालकका आफन्तले भने अपराधिलाई कडा भन्दा कडा कारवाहिको माग गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । आज(सोमबार) दिउँसो प्रहरी कार्यालयमा भेला भएका आफन्तहरुले भावबिह्वल अवस्थामा अपराधिलाई कडा कारवाहिको माग गरेका हुन् ।प्रहरी कार्यालयमा भेला भएका स्थानीयले उक्त अपराधीले गाउँमा त्यस्ता धेरै घटना घटाएको भन्दै कडाभन्दा कडा कारवाहिको माग गरेका छन् । यसबारेमा म्याग्दीको प्रशासन र बालबालिका सम्बन्धि काम गर्ने सरकारी तथा गैरसरकारी संस्था समेत अहिलेसम्म मौन नै रहेका छन् ।आफन्तकै भनाईका आधारमा बालकको मृत्यू भइसकेको भन्दै जिल्ला प्रहरी कार्यालयको एक टोली शव खोज्नका लागि म्याग्दी खोलाको किनारमा परिचालन भइसकेको छ ।घटना अनुसार बालकले दुबै कानमा गरि ६ रती तौल भएका सुनका मुन्द्रा लगाएका थिए । केहि दिन अगाडी एउटा कानमा सानो घाउ आएकोले बालककि आमाले एउटा कानको मुन्द्रा झिकिदिएकि थिइन् । बालकले केहि दिन अगाडीदेखि एउटा कानमा मात्रै मुन्द्रा लगाएर हिड्ने गरेका थिए । एउटा कानमा मात्र मुन्द्रो देखेपछि बिकले पटकपटक उक्त बालकलाई बोलाएर केहि न केहि खानेकुरा दिएर आँफुतिर आकर्सित गर्नेगरेको स्थानीयबासी बताउँछन् । बालकको एउटा कानमा लगाएको मुन्द्रा हरायो भन्न लगाउँदा बालकले नमानेपछि उनलाई अन्य बाहनामा फकाउन थालेको उनिहरुले आरोप लगाएका छन् ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP