म्याग्दी समाजका अध्यक्ष श्री नर बहादुर पुन आफू बसेको अस्पतालको बिशेष कागजात मिलाएर गत सुक्रबार नेपाल प्रस्थान गर्नु भएको छ । केहि महिना अगाडी कामकै सिलसिलामा दुर्घटनामा परि दाहिने कुम फ्याक्चर हुन पुगेपछि अस्पतालमा रहनु भएको थियो । कोरियाको अध्यागमण बिभागले २० दिन भित्रमा नेपाल गएर आईसक्नु पर्ने अन्यथा कोरिया पुन: आउन असम्भव हुने बताएकोले उहां यसै महिना कोरिया फिर्ता हुनुहुने छ ।
म्याग्दी समाजका अति सकृय म्याग्देली चेली धरपकडमा,यसै हप्ता उडान हुन सक्ने
July 1, 2011
म्याग्दी समाज समिति दक्षिण कोरियाको सदस्य समेत रहि समाजमा अति सकृय म्याग्देली चेली नानी पुन सहित अन्य जिल्लाका ३ जना दिदी बहिनीहरुलाई अध्यागमणको कर्मचारीहरुले कब्जामा पारि ईन्छन पुर्याएको छ । ख्योङगिडोको आन्सान स्थित एक प्लाष्टिक कम्पनीमा कार्यरत चारै जनालाई कम्पनी परिसरबाटै अध्यागमणको कर्मचारीहरुले कब्जामा पारेको थियो । कोरिया प्रबेष गरेको छोटो समयमै समातिन पुगेकी म्याग्देली चेली नानी पुन म्याग्दी समाजका हरेक कृयाकलापहरुमा अति सकृयताका साथ लागि पर्नु हुन्थ्यो । आज बिहान उहां स्वयंले यस स्तम्भकारलाई फोन सम्पर्क गर्नु हुंदै ईन्छन जेलको दर्दनाक अबस्थाको बारेमा अबगत गराउनु भएको थियो ।
Subscribe to:
Posts (Atom)


