म्याग्दी समाज समितिको नवौ साधारण सभा भब्यताको साथ सम्पन्न,

January 22, 2012

म्याग्दी समाज समिति दक्षिण कोरियाको नवौ साधारण सभा कोरियाको राजधानी सउलको दोङदेमुन  स्थित नमस्ते रेष्टुरेण्टमा भब्यताको साथ सम्पन्न भएको छ ।  म्याग्दी समाजका अध्यक्ष श्री नर बहादुर पुनको सभापतित्व र एन आर एन कोरियाका भुपु अध्यक्ष .श्री बिनोद कुंवरको प्रमुख आतिथ्यमा सम्पन्न नवौ साधारण सभाको बिशेष अतिथिहरुमा थसेस कोरियाका अध्यक्ष श्री भक्त सेरचन, म्याग्दी समाजका सल्लाहकार श्री ओम जुग्जाली, सल्लाहकार .श्री रबिन छन्त्याल,खेलकूद अध्यक्ष श्री झलक आचार्य,बरिष्ठ भलिबल खेलाडी श्री मुक्त केसी र बिशेष सल्लाहकार श्री यु कुमार मल्ल रहनु भएको थियो । करिव १२० जना म्याग्देलीहरुको बृहत उपस्थितिमा सम्पन्न साधारण सभामा कोषाध्यक्ष द्दय रत्न छन्त्याल र सुरेश राना मगरले आठौं कार्य समितिको दुई बर्षे कार्यकालको कोष सम्बन्धि सम्पूर्ण बिबरण पेश गर्नु भयो भने सचिव भरत तुलाचनले  आठौं कार्य समितिको गतिबिधिहरु सहितको प्रतिबेदन पेश गर्नु भएको थियो । साथै उक्त साधारण सभाले भरत तुलाचको अध्यक्षतामा नवौ कार्य समितिको चयन गरेको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP